नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए । “कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उनले भने, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उहाँले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए । स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उनले बताए । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो । लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन् । “कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन”, उनले भने, “लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्ने छ ।” विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!