राम प्रेम यादब

आइतबार, आश्विन ०४, २०७७ || 1144  पटक पढिएको

 

नेपाल वैश्य युवा संघ मोरङ्गले आइतवार एक कार्यक्रमबीच आमाको माया छात्रावास र जनजाति कल्याण आश्रमलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

संघको आव्हानमा बिराटनगरका वैश्य समुदायका सदस्यहरुको सहयोग तथा महिला शान्ति अनुसन्धान तथा बिकाश केन्द्र (वपरडेक) को सहयोगमा छात्रावासका अध्यक्ष तथा संचालक मदन साहलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरुलाई निःशुल्क रुपमा अध्यन अध्यापन तथा पुर्ण अनुसाशनमा राखी, पालनपोषण समेत गराउने सो आश्रममा हाल २७ जना बिधर्थीहरु रहेका छन् । आश्रममा जनजाति तथा पिछडीएका वर्गको बिधथीहरुको लागि अध्यन अध्यापनको केन्द्र बनिरहेको आश्रमका अध्यक्ष एवं संचालक मदनकुमार साहले हिपमत डटकमलाई जानकारी दिए । अश्रममा अध्ययनरत विद्यार्थी मध्ये केहीले डिग्री सम्म अध्ययन गरि सकेका छन् ।

 

बिश्व नै कोरोना महामारी संग जुधिरहेको समयमा छात्रावास तथा आश्रममा खानाको अभाब हुन नदिने उदेश्यले खाद्यान्न सम्रागी वितरण गरिएको नेपाल वैश्य युवा संघ मोरङ्गका अध्यक्ष गणेश कुमार साहले जानकारी दिनु भयो ।

खाद्यान्न वितरण कार्यक्रममा आफ्नो विचार राख्दै संघका सल्लाहकार तथा निर्वाचित वार्ड सदस्य सन्तोष साहले वैश्य समुदायको हकहितको लागि जनजागरण अभियान मार्फत यस समुदायका पछडि परिएका समाजका व्यक्तिहरुलाई संगठित गर्नु पर्ने तथा परोपकारी योजनाहरु अगाडि बढाउनु पर्ने आवश्यकता रहेको जिकिर गरे ।

कार्यक्रममा चामल, दाल, तेल, नुन, चाउचाउ, चिउरा, आलू, प्याज, भुजा, फ्रुटी, विस्कुट, होर्लिक्स, गुलकोज, सोयाबिन, हरियो साग–सब्जी, सर्फ तथा मसाला लगायतका खाद्यान्न सामग्री तथा १५० थान माक्स र केहि स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।

समाहरोमा नेपाल वैश्य युवा संघ मोरङ्गका पधाअकारी सदस्य एवं सल्लाहकार तथा नेपाली काँग्रेशका युवा नेता राजेश गुप्ता सहित सन्जुकुमारी साह, डाक्टर बालकृष्ण साह, डाक्टर शिवशंकर साह, शिव नारायण गुप्ता, सन्तोष साह हलुवाइ, मनोजकुमार हलुवाइ, प्रेमनाथ गुप्ता, अमृतकुमार साह, पवनकुमार साह, सियाराम रौनियार, पवन साह, रामकुमार चौधरी साह, प्रदीप कुमार दास, इन्दु राय, अशेश्वर साह, दिपेन्द्र स्वर्णकार, बिकास लालवानी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!