शुक्रबार, आश्विन ०२, २०७७ || 795  पटक पढिएको

कोरोना भाइरसको लक्षण रुघाखोकी र फ्लुसँग मिल्दोजुल्दो हुन्छ । अहिलेको महामारीमा सामान्य ज्वरो, रुघाखोकी या टाउको दुख्दा पनि मानिसहरु आत्तिनथालेका छन् । कोरोना संक्रमित भइयो कि भनेर परक्षण गर्न हतार गर्छन् ।

कतिपय मानिसहरु सामान्य ज्वरो र रुघा लाग्दा पनि कोरोना भयो भनेर त्रसित हुने, मनोबल गिर्न जाँदा थलिने सम्भावना बढेको छ । कोरोना लागेपनि रोगसँग लड्न मनोबल र तातोपानी प्रयोग गरेर हेरविचार पुर्याउँदा जित्न सकिन्छ । तर, त्योभन्दा पहिले कोरोना लागेको हो होइन भन्ने जान्न जरुरी छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण, फ्लु र रुघा लाग्दा हुने फरक लक्षणबारे जानकारी सार्वजनिक गरेको छ । जसमध्ये कोरोना हुँदा सुघ्ने र स्वाद थाहापाउने क्षमता कमजोर हुने, स्वास प्रश्वासमा समस्या आउने, घाँटी दुख्ने र कहिलेकाहीं दिशा पनि लागिरहने मुख्य हुन् ।

कोरोना संक्रमण हुँदा, फ्लु र रुघा लाग्ना हुनसक्ने फरक लक्षण

–  कोरोनाभाइरस हुँदा ज्वरो आउन सक्छ । फ्लु हुँदा पनि ज्वरो आउन सक्छ । रुघा लाग्दा ज्वरो नआउन पनि सक्छ ।
–  कोरोना भाइरस र फ्लु हुँदा खोकी लाग्न सक्छ । रुघा लाग्दा हल्का खोकी लाग्छ ।
–  कोरोना संक्रमण हुँदा स्वाद र सुघ्ने क्षमता अकस्मात गुम्न सक्छ । फ्लु हुँदा सायदै यस्तो हुन्छ । रुघा लाग्दा कहिलेकाहीं मात्र यस्तो हुनसक्छ ।
–  कोरोना संक्रमण हुँदा कहिलेकाहीं थकान हुनसक्छ । फ्लु हुँदा थकान सामान्यतया हुनेगर्छ । रुघा लाग्दा कहिलेकाहीं थकान हुन्छ ।
–  कोरोना संक्रमण हुँदा कहिलेकाहीं टाउको दुख्न सक्छ । फ्लु हुँदा टाउको दुख्ने सामान्य लक्षण हुन्छ भने रुघा लाग्दा कहिलेकाहीं मात्र टाउको दुख्न सक्छ ।
–  कोरोना हुँदा कहिलेकाहीं मात्र दुख्ने गर्छ । फ्लु र रुघा लाग्दा दुखाई रहन्छ ।
–  कोरोना हुँदा सायदै नाकबाट सिंगान बग्छ । फ्लु हुँदा कहिलेकाहीं यस्तो समस्या आउँछ । रुघा लाग्दा सिंगान बगिरहन्छ ।
–  कोरोना संक्रमण हुँदा फ्लु हुँदा कहिलेकाहीं घाँटी दुख्छ । रुघा लाग्दा सामान्यतया घाँटी दुख्छ ।
–  कोरोना हुँदा वा फ्लु हुँदा हाच्छिउँ आउँदैन । रुघा लाग्दा हाच्छिउँ हुन्छ ।
–  कोरोना हुँद कहिलेकाहीं स्वास प्रश्वासमा समस्या आउँछ । फ्लु र रुघा लाग्दा त्यस्तो हुँदैन ।
–  कोरोना हुँदा कहिलेकाहीं दिशा लाग्न सक्छ । फ्लु हुँदा पति त्यस्तो समस्या आउन सक्छ । तर, रुघा लाग्दा त्यस्तो समस्या आउँदैन ।-तस्वीरः एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!