ओखलढुंगामा एक बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकाकाथि सामूहिक बलात्कार गर्ने चम्पादवी ड का तीन जना पक्राउ परेका हुन् । घटना सार्वजनिक भएपछि पीडित पक्षको उजुरीका आधारमा प्रहरीले दुई जना बालकसहित तीन जनालाई घरबाटै पक्राउ गरेको छ । पीडित बालिकाका आफन्तका अनुसार उनलाई ३ जनाले मिलेर भदौ २४ गते सामूहिक बलात्कार गरेका थिए । आरोपितहरु चम्पादेवी गाउँपालिका वडा नं. ८ का हुन् । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपितलाई पक्राउ गरि जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलनसिं बस्नेतले जानकारी दिनुभयो । घटना अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वस्नेतको भनाइ छ । बालिकाको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको र जाहेरी दर्ता भइसकेको पीडित बालिकाकी दिदीले बताउनुभयो । आरोपितहरुलाई कडा कारवाही गर्न पीडित परिवारले माग गरेको छ । घटनामा १४ र १६ वर्षका दुई तथा १८ वर्षका एकजना संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!