बुधबार, माघ ०१, २०७६ || 1427  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ १ माघ : एक बर्षअघि सामाजिक संञ्जालमा एउटा भिडियो भाइरल बनेको थियो । भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो । उनको वीर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । एक बर्षसम्म निरन्तर प्रहरीको सकृयताले सो भिडियोमा आबद्ध युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई सोमबार साँझ चितवनबाट पक्राउ गरिएको उनलाई काठमाडौं ल्याएर मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।उनी घटना लगतै भारतका विभिन्न सहरमा लुकेर बस्दै आएका थिए । ती युवकले भिडियो पोष्ट गर्दै ( ुयो भिडियो भाइरल नगर्नु होउ । इटइिज जस्ट फनी भिडियोु लेखेका थिए । सामाजिक संञ्जालमा निक्कै भाइरल भएको सो प्रकरणसँगै सार्वजनिक बसमा महिला असुरक्षित भएको भन्दै अघिल्लो बर्ष महिला अधिकारकर्मी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेर प्रहरीलाई अनुसन्धान मार्फत सत्य, तथ्य सार्वजनिक गरिदिन अनुरोध गरेका थिए । प्रहरीले एक बर्षसम्म पनि सो घटनामा संम्लग्न युवालाई खोजी गरेको थियो । भिडियो भाईरल भएसँगै ति युवा चार महिनासम्म भारतमा लुकेर बसेका थिए ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले चार महिनासम्म भारतमा लुकेर नेपाल फर्किए लगत्तै आरोपित रुचालालाई चितवनबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । सार्वजनिक यातायातमा महिला र किशोरी असुरक्षित भएको उजुरी प्रहरीसँग निरन्तर आइरहेको छ । प्रहरीले सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसाको गतिलो ढंङ्गबाट अनुसन्धान गर्न नसकेको भनेर आलोचना हुने गरेको छ । सामाजिक सञ्जालमा ‘बस काण्ड’ को नामले निक्कै चर्चित र आलोचित घटनामा प्रहरीले सफलता हात पारेको छ । प्रहरीले गतिलो रुपमा अनुसन्धान नगरेको आरोप समेत लागेको उक्त बसकाण्डमा संम्लग्न युवालाई प्रहरीले सोमबार साँझ चितवनमा नियन्त्रणमा लिएको छ । ‘एक बर्षदेखि निरन्तर प्रहरीले फओअपमा सफलता मिलेको छ’(एसएसपी थापाले भने ।

एक बर्षको लामो अनुसन्धानपछि प्रहरीले सोमबार साँझ रुचाललाई पक्राउ गरेका हो । उनलाई सोमबार रातीनै काठमाडौं ल्याएर मंगलबार महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । एसएसपी थापाका अनुसार २४ बर्षिया रुचालले २०७५ साल साउनमा भिडियो खिचिएको थियो भने त्यसको छ महिनापछि सो भिडियोलाई रविन रुचालको नामबाट पोष्ट गरिएको थियो । त्यस लगत्तै पिडित महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको थियो ।
गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!