सोमबार, भाद्र २९, २०७७ || 1358  पटक पढिएको

स्यान्डलवुड ड्रग र्‍याकेट मामिलामा सेप्टेम्बर चारमा पक्राउ कन्नड नायिका रागिनी द्विेदीले मेडिकल परीक्षणमा छेडछाड गर्ने कोसिस गरेकी छिन् । प्रहरी स्रोतका अनुसार ड्रग परीक्षणका लागि आवश्यक युरिन स्याम्पलमा नायिका रागिनीले पानी मिसाएर त्यसलाई खराब पार्ने कोसिस गरेकी छिन् ।

ड्रग परीक्षणका लागि रागिनीलाई बेंगलुरुको केसी अस्पताल पुर्याइएको थियो जहाँ उनले आफ्नो पिसाब दिनुपर्ने थियो । तर प्रहरी स्रोतका अनुसार रागिनीले पिसाबमा पानी मिसाएर त्यसलाई बिगारेकी छिन् । प्रहरीले स्याम्पल खराब भएको थाहा पाएपछि उनलाई पुनः स्याम्पल दिन भनियो । दोस्रोपटक भने रागिनीले त्यस्तो कुनै बदमासी नगरुन् भन्ने कुराको प्रहरीले सुनिश्चित गर्यो । प्रहरीले अनुसन्धानका लागि रागिनीको कपालको स्याम्पल पनि लिएको छ र हैदराबादको ल्याबरेटरीमा यो स्याम्पल पठाएको छ ।

प्रहरीका अनुसार यो परीक्षणमार्फत् संदिग्धले पछिल्लो ४–५ महिनामा ड्रग लिएको छ छैन भनेर पत्ता लगाउन सकिन्छ । यो स्याम्पलले अनुसन्धान गरिरहेको समूहलाई महत्वपूर्ण सुराग दिने अनुमान गरिएको छ ।

यो मामिलामा रागिनीबाहेक आरटीओ क्लर्स रवि शंकर, इन्टेरियर डिजाइनर राहुल, पार्टी होस्ट विरेनलाई प्रहरीले पक्राउ गरिसकेको छ । गिरफ्तारीपश्चात् अदालतले नायिकालाई ३ दिनको लागि हिरासतमा पठाएको थियो जहाँ भिडियो कन्फरेन्सिङमार्फत् उनलाई अदालतमा पेश गरिएको थियो । प्रोटोकल अनुसार उनलाई मेडिकल चेकअपका लागि पठाइएको छ ।

कन्नडको स्यान्डलवुड इन्डष्ट्रिमा ड्रगको प्रयोगबारे केन्द्रीय अपराध विभागले अनुसन्धान गरिरहेको छ ।

कन्नड फिल्म इन्डष्ट्रि ‘स्यान्डलवुड’ मा व्याप्त ड्रग र्‍याकेटबारे त्यतिबेला पर्दाफास भयो जब दिवंगत पत्रकार गौरी लङ्केशका भाइ इन्द्रजीत लङ्केशले ड्रग्समा केही कलाकारको सहभागिताबारे जानकारी दिए । फिल्म निर्माताले मिडियासँगको कुराकानीमा कन्नड नायक चिरञ्जीवी शर्जाको मृत्युबारे कुरा गर्दा कन्नड फिल्मी उद्योगका उदीयमान थुप्रै कलाकारले प्रतिबन्धित पदार्थको सेवन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!