आइतबार, भाद्र २८, २०७७ || 760  पटक पढिएको

हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ ।

तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएको रिप गाउँका वीरजन महताराले बताए । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!