आइतबार, भाद्र २८, २०७७ || 696  पटक पढिएको

कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् ।

पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उनी डिस्चार्ज भएकी थिइन् ।

त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उनको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो ।
उहाँले जन्माउनुभएको शिशुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

गर्भवती महिलालाई दुःखैदुःख
अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्छिन् । उनी गर्भवती भएको सात महिना पुग्यो । उनले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गरिन् । बन्धधदाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उनले सिभिल अस्पतालमा फोन गरिन् ।

सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गरिन् तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गरिन् । नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह गइन् । नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उनको गर्भ खेर गयो ।

यस्तै जोरपाटीमा बसेकी रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाइनन् । उनलाई गाह्रो भइसकेको थियो । उनले पनि त्यसअघि थापाथलीस्थित प्रसूति गृहमा नियमित परीक्षण गरेकी थिइन् । राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उनले कोठामै बच्चा जन्माइन् । यी दुई प्रतिनिधि पात्र मात्र हुन् । कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!