मंगलबार, पौष २९, २०७६ || 1507  पटक पढिएको

भूमिका पाख्रिन
हिपमत डटकम
विराटनगर , २९ पुस :नेपाल कम्युनिस्ट पार्टी नेकपा मोरङ जिल्लालाई मोरङका प्रमुख एवम् उपप्रमुखहरूको टोलीले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्न भन्दै आग्रह पत्र बुझाएका छन् । बिराटनगर स्थित जिल्ला कमिटीको कार्यालय पुगेर विभिन्न पालिकाका प्रमुख/ उपप्रमुख/उपाध्यक्षहरुले मंगलबार आग्रह पत्र बुझाएका हुन । आग्रह पत्र बुझ्दै नेकपाका मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोखरेलले आजै आग्रह पत्र केन्द्रीय कमिटीमा पठाइने बताए । आग्रह पत्रमा उपसभामुख तुम्बाहाम्फे शैक्षिक रुपमा मात्र नभई क्षमतावान र दक्ष समेत भएकाले सभामुखको जिम्मेवारी दिन आग्रह गरेका हुन् । तुम्बाहाम्फेलाई जिम्मेवारी दिएमा आम महिलाहरु माथी नै सम्मान हुने समेत आग्रह पत्रमा उल्लेख छ । आग्रह पत्र बुझाउने क्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, बेलबारी नगर उपप्रमुख तारा पराजुली, लेटाङ नगर उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला, सुन्दरहरैचा नगर उपप्रमुख धनाकुमारी तामाङ, केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू भूजेल, ,मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!