शुक्रबार, भाद्र २६, २०७७ || 787  पटक पढिएको

कंगना रनौतले बिहिबार आफ्नो टुटे–फुटेको अफिसको भ्रमण गरेपछि एउटा ठूलो निर्णय लिएकी छिन् जस अनुसार उनी आफ्नो अफिसको मर्मत गराउने छैनन् । उनका अनुसार उनले आफ्नो अफिसलाई जस्तो छ त्यस्तै राख्नेछिन् र यसलाई एक महिलाको इच्छाशक्तिको रुपमा पेश गर्नेछिन् ।बिएमसीले कंगनाको पाली हिलस्थित अफिसमा अवैध निर्माण गरेको भन्दै डोजर चलाएको थियो । यद्यपि, कंगनाले उनको अफिसमा कुनै पनि प्रकारको अवैध निर्माण नभएको बताएकी छिन् ।

बुधबार बिएमसीको कारवाहीपपछ कंगना बिहिबार पहिलो पटक आफ्नो अफिस गएकी थिइन् । त्यसपछि उनले ट्वीटरमा लेखिन्, ‘मैले आफ्नो अफिसको सुरुवाती जनवरी १५ देखि गरेकी थिएँ । कोरोना सुरु हुनु ठिक अघि । अरुले जस्तै मैले पनि त्यतिबेला देखि काम गरेकी छैन । यसको मर्मत गर्नका लागि मसँग पैसा छैन । म यही अवशेषबीच काम गर्नेछु । आफ्नो अफिसलाई यसै उजाड छोड्नेछु, जुन एक महिलाको इच्छाशक्तिको उदाहरण बन्नेछ, जसलाई यो संसारले तोड्न खोजेको थियो ।’

उता बिएमसीले बिहिबार उच्च अदालतमा कंगनाको अफिसमा गरिएको कारवाही सही भएको बतायो । बिएमसीले कारवाही नियम अनुसार नै गरिएको बतायो । कंगनाको वकिलले १४ सेप्टेम्बरसम्म जवाफ दिनुपर्नेछ । यो जवाफसहित कंगनाले केही नयाँ तथ्य राख्ने मौका पनि पाउनेछिन् । अब अर्को सुनुवाई २२ सेप्टेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!