निषेधाज्ञाकै अवधिमा रौतहट स्थित एकजना बालिकालाई ललाई फकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीचौकी नरकटियाका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चौक बाट बुधवार राति १ बजे पक्राउ गरेको हो ।

बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाईकलमा एकजना बालिका सहित क्रमश तिनजना र चारजना चढेर भारततर्फ गईरहेको अवस्थामा शंकालागेर नियन्त्रणमा लिएको असई गुप्ताले बताएका छन् ।

फतुवा बिजयपुर नगरपालिका वडा ५ सितलपुरका यादव थरकी एकजना १८ बर्षिया बालिकालाई मध्यरातमा लिएर जाने युवाहरु सबै मौलापुर नगरपालिका ५ र वडा ८ का रहेका छन् ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा ८ सोनरनियाका बर्ष २० का अनिल पटेल,बर्ष २० का दिपेन्द्र पटेल रहेका छन् ।

त्यसैगरी, मौलापुर वडा ५ मौलापुर गाँउका बर्ष १९ का अरबिन्द ठाकुर,बर्ष २० का धनन्जय तिवारी,बर्ष १७ का दिपेश यादव र बर्ष २२ का रामबालक पटेल पक्राउ परेको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी शिद्धी बिक्रम शाहले जानकारी दिएका छन् ।

एसपी शाहका अनुसार पक्राउ परेका एकजना बालिका र ६ जना युवाहरुलाई राति नै जिल्ला प्रहरी कार्यालय गौरमा ल्याइएको छ ।

के मन्सायले एकजना बालिकालाई ६ जना युवकले राति १ बजे भारततर्फ लगिरहेका थिए आफैमा गम्भीर बिषय हो ।

त्यसको बारेमा छानबिन भईरहेको छ दोषी देखिएमा कानुन बमोजिम कारबाही हुने एसपी शिद्धी बिक्रम शाहले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!