मोरङ घर भएका अवकाश प्राप्त एकजना भारतीय सैनिकले दुई वर्षदेखि बालिकामाथि बलात्कार गर्दै आएको घटना बाहिरिएको छ । आफ्नै घरमा भाडा बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार गरिरहेको खुलेपछि प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का ५४ वर्षीय उमेश नेपाललाई बुधबार पक्राउ गरेको हो । दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले मंगलबार साँझ अभिभावकलाई सुनाएसँगै घटना बाहिरिएको हो ।

अभिभावकले किटानी जाहेरी दिएपछि प्रहरीले नेपाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । बालिकाका परिवार चार वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएका छन् । बालिकाका बुवा टिपर चालक हुन् । श्रीमती र छोरीलाई डेरा बसेको घरमा छाडेर उनी दिनभर टिपर चलाउन जाने गरेको र बेलुकामात्रै फर्कने गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट आफ्नै घरमा अभिभावकसँग भाडामा बस्ने बालिकामाथि नेपालले दुई वर्षदेखि बलात्कार गरिरहेको खुलेको जानकारी दिए । नेपालविरुद्ध किटानी जाहेरी परेपछि पक्राउ गरिएको उनले बताए ।

ुकसैलाई पनि नसुनाउन विभिन्न धाकधम्की दिँदै बलात्कार गरिरहेका कारण अहिलेसम्म घटना गुपचुप रहेको पाइयो, ुप्रहरी स्रोतले भन्यो, ुबालिकालाई धम्की दिँदै पछिल्लो समय आफूसँग बिहे गर्नु पर्ने दबाब दिन थालेपछि घटना बाहिर आएको हो ।ु प्रहरीका अनुसार बालिकाले आफूमाथि घरकै कोठा, होटल र बाटोमासमेत बलात्कार भएको बताएकी छन् ।

नेपालले प्राय बिहान ३ बजेतिरै उठाएर ुमर्निङवाकु जाने भन्दै लिएर जाने र त्यस क्रममा बाटोमा आफूमाथि बलात्कार गर्ने गरेको उनले बताएको प्रहरीले जनाएको छ । ुघरवेटीसँग हामीले अविश्वास गर्ने कुरा भएन । बिहानै छोरीलाई उठाएर ुमर्निङवाकु जाने भन्दै लिएर जान्थे,ु बालिकाका बुवाले भने, ुतर ुमर्निङवाकु को बहानामा बाटोमै बलात्कार गर्दा रहेछन् । धेरै पहिलेदेखि मानसिक तनावमा रहेकी छोरीले डर र धम्कीका कारण यो कुरा हामीलाई सुनाउन नसकेको रहेछ।ु भित्रभित्रै मसँग बिहे गर्नुपर्छ भनेर नेपालले बारम्बार दबाब दिन थालेपछि घटनाका बारेमा रुँदै छोरीले आफूलाई सुनाएको उनले बताए ।

एसपी खड्काले ललाईफकाई बलात्कार गर्दै कसैलाई सुनाएमा ज्यान मार्ने र परिवारलाई घरबाट निकालिदिने धम्कीसमेत दिने गरेका कारण बालिकाले घटनाका बारेमा बाहिर नल्याएको पाइएको बताए । उनका अनुसार पैसा दिने र विभिन्न लोभलालच देखाउँदै बलात्कार गर्ने नेपालले बालिकालाई आफूसँग बिहे गर्नलाई पनि दबाब दिइरहेको खुलेको छ ।

भारतीय सेनामा कार्यरत उनले २०६४ सालमा अवकाश पाएका हुन् । अवकाश पाएपछि भने नेपालले घरमै बसेर जग्गा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । जग्गा धितो राख्नेहरुलाई ऋण पनि उपलब्ध गराउने काम उनी गर्थे । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मोरङको केराबारीबाट पनि १५ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा एकजनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–७ का ४२ वर्षीय शुक्रबहादुर नेम्वाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले नेम्वाङलाई घरैबाट पक्राउ गरेको हो । मंगलबार बिहान ११ बजेतिर एकजना बालिकालाई बलात्कारको प्रयास गरेको जानकारी ढकालले दिए ।

बालिकामाथि बलात्कारको प्रयास हुँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेम्वाङविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको खबर अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!