मंगलबार, भाद्र २३, २०७७ || 715  पटक पढिएको

साथी जस्तो पवित्र नाता अरु हुन सक्दैन । तर मित्रता जस्तो पवित्र नातालाई कलंकित गर्ने एउटा घटना बाहिर आएको छ । पीडिता नामकी एक महिलाको श्रीमान्को एक साथीसँग भेट भएको थियो जो एक राम्रो मित्र बनेका थिए । महिलाको पतिले कहिल्यै पनि सोचेनन् की आफ्नै मिल्ने साथीविरुद्ध प्रहरीकोमा उजुरी दिनु पर्ला भनेर ।

श्रीमानको साथीको नाताले पत्नीको पनि चिनजान भएको थियो । असल मित्रताको नाजायज फाइदा उठाउन साथीको श्रीमतीसँग हिमचिम बढाउन थाले । यसक्रममा मित्रको साथीको श्रीमतीको केही निजी तस्वीर र भिडियो पनि हात पारे । तस्वीर र भिडियो हात पारे लगत्तै आफ्नो दरिद्र कार्य अगाडी बढाउन सुरु गरे । मित्रको नाममा महिलाको तस्वीर र भिडियोलाई आधार बनाएर ब्याकमेल गर्न सुरु गर्न थाले । आरोपित पुरुषले महिलालाई ब्याकमेल गर्दै सम्बन्ध राख्न चाहेको बताउने गर्थे ।

महिलाले उनले राखेको यौन सम्बन्धको प्रस्ताव अस्विकार गरेपछि फोटो परिवारलाई देखाइदिने भन्दै धम्की दिन थाले । बारम्बार महिलालाई धम्की दिएर सम्बन्ध राख्न बाध्य बनाउदै आएका कारण मोवाइल नम्बर नै परिर्वतन गरीन् । तर दरिद्र सोच भएको साथीले नयाँ फोन नम्बर खोजेर पनि धम्काउन सुरु गर्न थाल्यो । लगातार धम्की दिन सुरु गरेपछि महिलाले प्रहरीसमक्ष उजुरी दिइन् । अन्तिम समयमा आएर मात्र पतिलाई साथीले गरेको यस्तो घिनलाग्दो हर्कत सुनाइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!