हिपमत डटकम
बिर्तामोड, २९ पौष :सरगम संगीतालय बिर्तामोडले माघेसंक्रान्तिको अवसरमा लाग्ने माइमेलामा संगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
कन्काई नदी किनारामा लाग्ने माइमेलामा माघ एक गते सरगमका विद्यार्थीहरुले सांगीतिक प्रस्तुति दिने भएका हुन्।विगत चार वर्षदेखि सरगम संगीतालयले माघे संक्रान्तिको अवसरमा आयोजना गर्दै आएको सागीतिक कार्यक्रमलाई निरन्तरता दिने भएको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो।

सो कार्यक्रमबाट प्राप्त हुने ९संकलित० रकम सामाजिक क्षेत्रमा खर्च गरिने योजना रहेको सरगम संगीतालयका प्रबन्ध निर्देशक दिपक रायमाझीले जानकारी दिए।

विक्रम सम्बत द्दण्टण्सालमा स्थापित संस्थाले संगीतसँगै अन्य सामाजिक कार्य समेत गर्दै आएको र त्यसैअनुसार स्रोता(दर्शकबाट थोरै रकम सहयोगस्वरुप शुल्क लिएर त्यसबाट समाजिक कार्यमा खर्चिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक रायमाझीले बताए।

समाजका उपेक्षित तथा असहाय वर्गको हित तथा कल्याणका लागि केही गर्न सकिन्छ कि भन्ने सोचका साथ यसप्रकारको मनोरञ्जनात्मक कार्य गर्दै विद्यार्थीहरुमा सामाजिक तथा परोपकारी कार्यमा प्रेरित गर्न मद्दत पुग्ने अपेक्षा राखिएको उनको भनाइ छ।यसअघि संस्थाले फरक क्षमताका व्यक्ति भक्त विश्वासलाई तीनपाङ्ग्रे स्कुटी प्रदान गरिसकेको उनले जानकारी दिए।
हाल गायन र नृत्य तर्फ ८५ ,४० जनालाई प्रशिक्षण दिइरहेको संस्थाले आर्थिक सहायता, स्वस्थ शिविर, विभिन्न सामाग्री वितरणलगायतका सामाजिक कार्य गर्दै आएको संगीत प्रशिक्षक मणी बर्देवाले बताए। शनिश्चरेरोडमा कार्यालय रहेको संगीतालयले विहान पाँच बजेदेखि बेलुकी पाँच बजेसम्म आफ्ना प्रशिक्षण प्रदान गर्ने गरेको बताइएको छ। संगीतालयका संस्थापक दिपक रायमाझीको आध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गायक तथा सञ्चारकर्मी प्रविन बिसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!