मंगलबार, भाद्र २३, २०७७ || 820  पटक पढिएको

सोलुखुम्बु दुधकुण्ड-८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन ।

हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण-११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मुर्ती सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!