भारत–चीन सीमामा भएको गोलीबारीको विषयमा चीनको बयानलाई भारतीय सेनाले झुठो भएको बताएको छ । चीनको आरोपलाई खण्डन गर्दै भारतीय सेनाले भारतको तर्फबाट नभएर चिनियाँ पक्षबाट फायरिङ भएको बताएको हो । चीनले भारतीय पक्षले सीमा क्षेत्रमा फायरिङ गरेको आरोप लगाएको थियो ।

भारतीय सेनाको बयानअनुसार ७ सेप्टेम्बरमा चिनियाँ जनमुक्ति सेना (पीएलए) भारतको फरवार्ड पोजिशन नजिक आउने प्रयास गरेको थियो । जब भारतीय सैनिकले उनीहरुलाई रोक्ने प्रयास गरे, चिनियाँ सैनिकहरुले फायरिङ गरे । भारतीय सेनाले यसका बावजुद आफ्ना सैनिकले जिम्मेवारीपूर्ण ढंगले व्यवहार गरेको दाबी गरेको छ ।

भारतीय सेनाले आफ्नो तर्फबाट लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा स्थिति सामान्य गर्ने कोशिस जारी राखेको बताउँदै चीनले उत्तेजना फैलाउने हर्कत गर्दै आएको आरोप पनि लगाएको छ । ‘हामीले न त एलएसी पार गरेका छौँ न त फायरिङ गरेका छौँ । हामीले आक्रामक हर्कत गरेका छैनौँ । चीन बेपर्वाह भएर दुई देशबीच भएको सम्झौता उल्लंघ गर्दै आइरहेको छ । एकतर्फ उसले हामीसँग सैन्य, कुटनीतिक र राजनीतिक स्तरमा वार्ता गरिरहेको छ भने अर्कोतर्फ यस्तो हर्कत गरिरहेको छ,’ भारतीय सेनाले भनेको छ ।

उता, चिनियाँ सेनाको वेस्टर्न थिएटर कमान्डका प्रवक्ताका अनुसार ७ सेप्टेम्बरमा पैङ्गोङ सोको दक्षिणी किनारको एलएसीमा भारतीय सैनिकहरुले घुसपैठको प्रयास गरेका थिए । भारतीय सेनाले एलएसी पार गर्नुका साथै घुसपैठको प्रयास पनि गरेको उनको आरोप थियो । भारतीय सेनाले शेनपाओ क्षेत्रको एलएसी पार गरेको र चिनियाँ पेट्रोलिङ पार्टीले भारतीय जवानसँग कुराकानीको प्रयास गर्न अगाडि बढ्दा हवाई फायर गरेको उनले बताएका थिए ।चिनियाँ सेनाको वेस्टर्न थिएटर कमान्डले दुई देशबीच बनेको सहमतिलाई भारतीय पक्षले उल्लंघन गरिरहेको पनि आरोप लगाएको छ । भारतको तर्फबाट तनाव बढाउन खोजेको आशंका व्यक्त गर्दै उनीहरुबाट भड्काउ कारवाही भइरहेको कमान्डको भनाइ छ । भारतीय सैनिकले लगातार एलएसी पार गरिरहेको आरोप छ ।

यता, भारतले भने चिनियाँ सैनिक अगाडि बढेर भारतीय क्षेत्रलाई कब्जा गर्ने प्रयास गर्दा भारतीय सैनिकले उनीहरुलाई पछाडि फर्कन आग्रह गरेका थिए । बहस बढेपछि चिनियाँ सैनिकले भारतीय सेनालाई चेतावनी दिँदै हवाई फायर गरेको भारतीय पक्षको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करले भने स्रोतलाई उद्धृत गर्दै दुवै पक्षबाट झडपका दौरान एक–दुई नभएर कयौँ राउन्ड गोली फायरिङ भएको थियो । तर, पहिला भारतीय सैनिक वा चिनियाँ सैनिकले गोली चलाए भन्ने चाहिँ नखुलेको समाचारमा बताएको छ । फायरिङ पछि दुवै पक्ष आ–आफ्नो स्थानमा फर्किएका थिए । उक्त घटनापछि अहिले स्थिति सामान्य रहेको छ ।

दुई देशको सीमामा ४५ वर्षअघि गोली चलेको थियो । २० अक्टोबर १९७५ मा अरुणाचल प्रदेशको तुलुङ लामा चीनले असामको राइफल पेट्रोलिङ पार्टीमाथि हमला गरेको थियो जसमा ४ जना सैनिकको मृत्यु भएको थियो । गलवान क्षेत्रमा यसअघि गत जुनमा भएको हिंस्रक झडपमा भारतका २० जना सैनिक मारिएका थिए । यद्यपि, यस झडपमा गोली भने चलेको थिएन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!