हिपमत डटकम
इटहरी,२९ पौष : शुचना प्रविधिकाे बिकास , मानव जिवनमा देखिएकाे खतरा र त्यसकाे न्युनिकरण गर्ने एवम प्रविधिकाे बिषयमा धेरै भन्दा धेरै ज्ञान बाडने उद्येश्य सहित सुनसरीकाे इटहरीमा भाेली बुधबारदेखि ५ दिने क्यान इन्फाेटेक मेला लाग्ने भएकाे छ ।

मेलाकाे समुदघाटन प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले गर्नुहुने भएकाे छ । हाेटल व्यवसायी , माेवाइल एक्सपाे र शुचना प्रविधिहरूकाे प्रदर्शनी सहित ८० वटा स्टलहरू रहने क्यान इन्फाेटेककाे सबै तयारी सकिएकाे मंगलबार पत्रकार सम्म्ेलनकाे अायाेजना गर्दै अायाेजक क्यान महासंघ सुनसरीले जनाएकाे छ ।

२ वर्ष पछि इटहरीमा हुन लागेकाे इन्फाेटेक याे वर्ष फरक र चर्चा याेग्य बनाउन अवलाेकनकर्ता देखि पत्रकारहरू सम्मलाइ उपहार याेजना ल्याइएकाे छ । मेलाभित्र राेबाेर्टहरूकाे भिडन्त , दाैड , आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिने छ ।

साथै मेलामा बिद्यार्थीहरूकालागि बिशेष याेजना पनि ल्याएकाे छ । शुचना प्रविधि सम्बन्धि जानकारी मुलक सन्देश तथा उपकरण बनाएर प्रदर्शन गर्न सकेमा उचित पुरस्कारकाे व्यवस्था मिलाइएकाे छ ।

मेलाको मुख्य प्रायोजक प्रभु पे ले गरेकाे छ भने एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड,अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!