सोमबार, भाद्र २२, २०७७ || 989  पटक पढिएको

नागरिकता कीर्तेमा सघाएको मुद्दामा भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल कारागार चलान भएका छन् । २०५५ सालमा तनहुँ जिल्ला अदालतबाट भएको फैसलामा एक वर्ष कैद सजाय बाँकी रहेकोमा मल्ल सोमबार कारागार चलान भएका हुन् ।

 

तनहुँ जिल्ला अदालतका श्रेष्तेदार जीवनकुमार पौडेलले मल्ल कारागार चलान भएको पुष्टि गरे । ‘उहाँको नाममा पुरानो सजाय भुक्तान बाँकी रहेको देखियो,’उनले भने, ‘त्यसैले कारागार चलान गरिएको हो।’

२०५५ वैशाख ३० गते हाल भानुका राजु थापाले होमबहादुर थापाको नक्कली छोरा बनेर दोहोरो नागरिकता लिने काममा सघाएको भन्दै तत्कालीन जिल्ला न्यायाधीश उदयराज चापागाईंको इजलासले उनलाई एक वर्ष कैद सजाय फैसला गरेको थियो ।

पछिल्लो समय अदालतको पुरानो फैसला कार्यान्वयनमा सक्रियता देखाएको तनहुँ प्रहरीले साधारण ओहोदाका व्यक्तिहरुलाई पक्रेर अदालत बुझाउँदै आएको थियो । ठूला व्यक्तिमाथि कारबाही नभएको प्रतिक्रियाकाबीच सोमबार ईलाका प्रहरी कार्यालय भानुमुकामबाट गएको प्रहरी टोलीले मल्ललाई पक्रेर अदालत बुझाएको थियो । ‘उहाँको नाममा सजाय भुक्तान गर्न बाँकी देखियो,’ प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘त्यसैले हामीले पक्रेर अदालत बुझाएका हौं ।’

आफ्नो नाममा पुरानो मुद्दा रहे पनि उनी वडाध्यक्षमा नेपाली कांग्रेसको टिकट लिएर विजयी भएका थिए । उनीसमेत १६ जनामाथि कर्तव्यज्यानको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधिन छ ।
साभार-अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!