रतुवामाई नगरपालिकामा आज बसेको बैठकले आज सम्म कायम रहेको लकडाउनको स्वरूप परिवर्तन गर्दै २७ गते सम्मका लागि थप गर्ने निर्णय गरेको छ । निर्णय अनुसार अब पसल व्यवसाय र कार्यालयहरु स्वास्थ्य सतर्कता अपनाउदै दिउसो ४ बजे सम्म संचालन गर्न पाइनेछ ।

तर समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा शिल गरिएको नगरका बिभिन्न स्थानहरुलाई पनि २७ गते सम्म शिल गरिने निर्णय पनि गरिएको छ । आमबारी बजारको शिल गरिएको बजारको क्षेत्रलाई थप गरिएको छ । आमबारी बजारको पश्चिममा २०० मिटरको क्षेत्र र उत्तरमा शनिश्चरे बजार सम्मको क्षेत्रलाई शिल गरिने निर्णय गरिएको छ ।

त्यसै गरि संक्रमितको उपचार तथा व्यवस्थापनको लागि नगरपालिकाले निर्माण गरेको २५ शैयाको आइशोलेशन वार्ड समेत आजबाट संचालनमा आएको छ । आईशोलेशनमा कोरोना संक्रमण देखिएका ७ जनालाई राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्यनै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!