मंगलबार, पौष २९, २०७६ || 1506  पटक पढिएको

हिपमत डटकम विराटनगर २९ पुस ः मोरङको मिक्लाजुङ गाउँपालिकाले कृषिलाई व्यवसायिक बनाउने अभियान सञ्चालन गरेको छ । जसका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई मात्र सवा करोड बढी बजेट छ’ट्याएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । मिक्लाजुङ गाउँपालिकाले वटै वडालाई विभिन्न कृषि उपजको पकेट क्षेत्रको ?पमा विकास गर्ने अवधारणा ल्याएर काम गरिरहेको छ । जस अन्तरगत कृषकह?लाई विभिन्न तालिम प्रदान गर्ने, विऊ विजन वितरण गर्ने तथा अन’दान उपलब्ध गराउने लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर चाल’ आर्थिक वर्षमा करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिका सँग–सँगै वडाह?ले समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन । वडाहरुले कृषि क्षेत्रलाई अझ व्यवसायीक बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । सोही अनुसार मिक्लाजुङ वडा नम्बर ८ ले समेत कृषकह?का लागि अनुदान लगायतका कार्यक्रममा ठुलो रकम खर्च गर्दै आएको छ . गाउँपालिका र वडाले समेत कृषि क्षेत्रमा लगानी बढाएपछि कृषकहरु पनि उत्साहित भएका छन । परम्परागत रुपमा खेतबारीमा मजदुरी गरेर जिविको पार्जन गर्दै आएका स्थानीयबासी अहिले व्यवसायीक कृषिमा लागेका छन् । प्रदेश र केन्द्र सरकारबाट आफुहरुले सोचेजस्तो सहयोग नपाएपनि स्थानीय सरकारले सक्दो सहयोग गरेको उनीहरु बताउँछन् । अब उत्पादित बस्तुको बजारीकरण र प्राविधिक औजारमा सहयोग पाए कृषि क्षेत्रबाट प्रशस्त लाभ लिनसकिने स्थानीय कृषक लालबहादुर गिरीको भनाइ छ । गाउँपालिकालाई समृद्ध बनाउन कृषि र पर्यटनलाई अगाडी बढाउँदै लैजाने योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र रहेका ( वटा वडालाई ( किसिमकै कृषि उपजको पकेट क्षेत्र बनाउन बजेट उपलब्ध गराई कृषिलाई अगाडी बढाउँदै लैजाने गाउँपालिककाको योजना छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!