बिराटनगर,२९ पौष :विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको साझेदारीमा आज देखी विराटनगरमा नयाँ ट्राफिक नियम लागु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने नियम लागु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलयले सो नियम लागु गरेसँगै स्थानिय व्यापारीहरुले विरोध सो नियमका विरोध गरेका छन् ।
विराटनगर महानगरपालीका , विराट व्यापार संघ , ९ नम्बर वडा कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको गत पुष १६ गते बसेको सयुक्त बैठकले सडकका दुवै साइडमा नो पार्किङ बनाउने निर्णय गरेको थियो । बैठकले नगर भित्रको ट्राफिक व्यावस्थापन अन्र्तगत विराटनगरको बुधहाट चोकमा रहेको पञ्चमुखी हनुमान मन्दिरदेखी जलजला चोकसम्म सडकका दुवै साईडमा नो पार्किङ जोन बनाउने निर्णय गरेको थियो । हाल ट्राफिक प्रहरीले बजारका सवारीसाधनलाई विराटनगरको वि प्लटमा पार्किङ व्यावस्था गरेको छ ।
तर व्यापारको कारोबारमा समस्या हुने भन्दै स्थानीय व्यापारीहरु विहानैदेखी विरोध जनाउदै आएका छन् । उनीहरुले आफुले संचालन गरेको व्यापार व्यावसाय समेत बन्द गरेर विरोध जनाउदै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश पोद्धार , वडा प्रहरी कार्यलयका डिएसपी वेदराज गौतम सहितको टोली फिल्डमा नै पुगेर सम्झाउने प्रयास गर्दा पनि व्यापारीहरुले नया लागु गरिएको नियम नमान्ने बताएका छन् ।
लामो समय सम्म सडक मै छलफल गर्दा निर्कष नआएपछि अहिले विराटनगर महानगरपालीकामा स्थानिय व्यापारीहरु , प्रहरी सहितो टोली बसेर छलफल भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।