आइतबार, भाद्र २१, २०७७ || 1034  पटक पढिएको

प्रहरीले १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा दुईवटा एम्बुलेन्ससहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे– ८ स्थित विपते मंगलबारेका २१ वर्षीय सुजन रणपहेली, पथरी शनिश्चरे– ६ का २२ वर्षीय रमण आचार्य र मोरङ सुनबर्सीका ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन ।

आचार्य र तामाङ एम्बुलेन्सचालक हुन । सुजन रणपहेली भने मुख्य अपहरणकारी हुन् ।

रणपहेलीले १४ वर्षीया बालिकालाई पथरीबाट दुईवटा एम्बुलेन्स प्रयोग गरी काठमाडौं लाँदै गर्दा काभ्रेपलाञ्चाेकको साँगा भञ्ज्याङबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

अपहरणकारी र अपहरणमा पर्ने बालिका नाताले दाजु–बहिनी हुन् । उनीहरू काका–बडाबाका छोराछोरी हुन् ।

यस्तो छ घटनाको नालीबेली
१६ भदौ ०७७ सोमबार छोरी हराएको भनी अपहरित बालिकाका परिवारले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए ।

आइतबार अपहरित बालिकाकी आमाले पथरीको माइक्रो फाइनान्सबाट दुई लाख झिकेकी थिइन् । रकम निकाल्नका लागि आफन्तसँग फोनमा कुरा भएको अपहरण गर्न संलग्न मुख्य नाइके रणपहेलीले सुनेका थिए । रणपहेली परिवारको पिछा गर्दै गए ।

आमाले पैसा राख्नका लागि छोरीलाई दिएकी थिइन् ।रणपहेली मंगलबार बिहान ४ बजे घरमा आएर बालिकाको मुख थुनेर त्यो दुई लाख रुपैयाँ बोकेर हिँड्न भने । र, नहिँडे आमासहितका परिवार सबैलाई मारिदिने धम्की दिएपछि बालिका रकम बोकेर उनीसँगै हिँडेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गिरीले बताए ।

नगदसहित बालिका लिएर रणपहेली मंगलबारे चोकबाट को.२च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए ।

त्यहाँबाट अर्काे को.२च ३१२१ नम्बरको एम्बुलेन्सबाट ती बालिकालाई लिएर रणपहेली काठमाडौंतिर गएकाे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काभ्रेपलाञ्चोकको साँगा भञ्ज्याङबाट फेरि उनीहरू पहिलाकै को.२ च २८८२ नम्बरको एम्बुलेन्समा काठमाडाैं जाँदै गर्दा दुईवटै एम्बुलेन्सलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सलाई पथरीबाट काठमाडौं पुग्ने भाडा २०–२० हजार दिने सर्तमा लगेको प्रहरीले जनाएको छ ।

एउटै एम्बुलेन्समा काठमाडौंसम्म जाँदा प्रहरीले शंका नगरोस् भनेर दुईवटा एम्बुलेन्सको प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

को.२च २८८२ नम्बरको एम्बुलेन्सचालक पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र को.२च ३१२१ नम्बरको एम्बुलेन्सचालक सुनबर्सीका ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन् ।

नियन्त्रणमा लिइएका तीनैजनालाई अपहरण तथा ज्यान मास्ने र बेच्ने मुद्दामा शुक्रबार म्याद थप गरिएको गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!