आइतबार, भाद्र २१, २०७७ || 1123  पटक पढिएको

प्रकाश प्रेमी विभिन्न विज्ञापन तथा म्युजिक भिडियोहरुमा राम्रो अभिनय गर्न सफल भएकी मोडेल निभा अधिकारी यस क्षेत्रलाई कसरी बुझेको छ ? प्लस टु लेवलो पढाइ सकेर तीन वर्ष देखि संघर्षरत निभाको प्रतिभाको परिक्षण कसरी अगाडी बढ्दै छ ? यसै विषयमा नव उदयिमान प्रतिभाशाली मोडेल निभा अधिकारी संग हिपमतकर्मी प्रकाश प्रेमीले गरेको कुराकानीको संपादित अंश ।

मोडलीङ मा कहिलेदेखी लाग्नु भयो ?
मलाई सानै देखि यस क्षेत्रमा आउने रहर थियो । तर, व्यवसायिक हिसाबले यस क्षेत्रमा काम गरेको करिब तीन वर्ष हुन लाग्यो । आफुले रोजेको क्षेत्रमा काम गर्न पाउँदा अन्यन्तै खुशी हुने मैले महशुस गरेको छु । प्लस टु लेवलको परिक्षा सकेपछि म यस क्षेत्रमा सकृय भए । मोडलिङमा लागेर मैले धेरै नै माया, स्नेह र सम्मान पाएको छु ।

यो क्षेत्रमा लागेर के पाउनु भयो के गुमाउनु भयो ?
हो, केही पाउनको लागि केही न कही त गुमाउनु नै पर्ने हुन्छ, तर पाउनेको संख्या बढी भयो भने गुमाउने कुरा त्यती महत्व राख्दैन । मोडलिङमा लागेर मैले अफ्नो पहिचान बनाउन पाएको नै मेरो लागि ठुलो उपलब्धी हो । पाउनु भनेको मात्र रुपैया पैसा हुँदैन अन्य धेरै कुरा यस्तो हो जो प्रत्येक्ष र अप्रत्येक्ष रुपमा पाइ रहेको हुन्छ । यो तीन वर्षको अवधिमा मैले यस क्षेत्रलाई राम्ररी बुझ्न मौका पाए, आफ्नो पहिचान बनाए, दर्शकको माया । आज धेरै जनाले मलाई चिन्नु हुन्छ । वहाँहरुको माया र सम्मान पाउनुनै मेरो लागि ठुलो कुरा हो । यस क्षेत्रमा लागेर मैले के गुमाएको भन्नु पर्दा अफ्नो शिक्षालाई फोक्स गर्न नसक्नु नै हो । कार्य व्यवस्तताले अध्ययनलाई निरन्तरता न दिनु नै मैले गुमाएको जस्तो मलाई लाग्छ ।

कुनै ठूलो अफर जुन तपाईलाई मन नपरेर नगरेको ?
त्यस्तो ठुलो अफर त मैले नगरेको होइन । तर, मलाई एकचोटी रक्सीको ब्राण्ड एम्बेस्डरको रुपमा काम गर्ने अफर आएको थियो, जो मैले गरिन । किनभने मेरो सोंचमा मोडलिङ क्षेत्रबाट समाजमा राम्रो विचार सकारात्मक कुराहरु फैलाउने हो । पैसाकै लागि मात्र काम गर्नु भन्दा पनि मेरो कामबाट समाजमा कस्तो प्रभाव पर्छ त्यसमा पनि ध्यान दिनु जरुरी छ । त्यसैले म पैसा भन्दा पनि कामको विषयमा राम्री सोचेर मात्र निर्णय गर्छु ।

नयाँ कलाकारहरुलाई टिकि रहन कतिको समस्या छ ?
समस्या त छ, तर यसलाई समस्या न भन्नु यो संघर्षको बाटो हो र संघर्ष भन्नेको समस्या होइन । संघर्षमा धैर्यता, लग्नशिलता, दृढता चाहिन्छ । जसको मनमा अठोट छ त्यसले आफ्नो स्थान बनाउन अवश्य नै सफल हुन्छ । हो यदि इन्डष्ट्रिज भित्र को चिनेको मान्छे छ वा तपाईको टाइलेन्ट देखेको मान्छ छ भन्ने धेरै नै सहज हुन्छ, यदि कोइ चिनजानको मान्छे छैन, काम पनि देखेको छैन भने आफ्नो टाइलेन्ट सावित गर्न नै गाह्रो हुन्छ । आफ्नो टाइलेन्ट सावित गर्ने जुन अवधि हो त्यो नै कठिन हो । त्यसमा पनि इन्डष्ट्रिज भित्र ग्रुप्जिम छ, केही खेमाहरु छन् त्यहाँ पनि आफुलाई अवल सावित गर्न निकै समस्याहरुको सामना गर्नु पर्छ । जब तपाई यी सबै खुडकिला पार गरि सक्नु हुन्छ भने अलि सहज हुन्छ ।

अहिलेसम्म प्रेममा पर्नु भएको छ ?
प्रेम । प्रेम ठुलो भेगको विषय हो प्रेमी जी । मानवले मानवलाई गर्ने प्रेम एउटा मानवीय आवश्यकता हो जो समय अनुसार एक अर्का संग संबन्ध स्थापित गर्न प्रेम गर्छ । यदि तपाईले त्यस्तो प्रेमको विषयमा कुरा गर्नु भएको छ भन्ने त्यसमा मलाई केही भन्नु छैन, तर यदि तपाईले साच्चिकै प्रेमको कुरा गर्नु भएको छ भन्ने यो तीन वर्षको अवधिमा आफ्नो काम र इन्डष्ट्रिज संग मात्रै प्रेम गरि रहेको छु ।

सपना के छ तपाईको ?
मेरो सपना भन्नु पर्दा नेपाली फिल्म क्षेत्र नै हो । म यसै इन्डष्ट्रिजमा काम गर्न चाहन्छु । मलाई राम्रो कथा र विषय वस्तु भएको फिल्ममा काम गर्ने इच्छा छ । नेपाली फिल्मको माध्यमले नेपालको पहिचान विश्वस्तरमा गराउने मेरो सपना रहेको छ ।

कस्तो जीवन साथिको आशमा हुनुहुन्छ ?
जीवन साथी शब्द आफैमा धेरै राम्रो छ । कुनै व्यक्तिले तपाईलाई जीवन भर साथ दिनु धेरै ठुलो कुरा हो । वर्तमान परिस्थितीमा सबैको आ–आफ्नो सोंच र जीवन शैल छ । यस्तोमा कसैले मलाई जीवन भर साथ दिने, केयर गर्ने, सर्पोट गर्ने, मेरो काममा सहयोग गर्ने इमान्दार र दयालु जीवन साथी भेटायो भने वहाँ संग म आफ्नो जीवन बिताउन तयार हुन्छु ।

चलचित्रमा अभिनय गर्न पाउनु भयो भने कुन नायकको अपोजिट गर्न चाहनुहुन्छ ?
चलचित्रमा कुनै व्यक्तिगत कलाकार को विषयमा भन्नु अलि गाह्रो छ । किनभने फिल्ममा कथा र विषय वस्तुको प्राथमिकता अनुसार कलाकारको चयन हुन्छ, र यसमा जुन सुकै कलाकार पनि हुन सक्छ । तर यदि भन्नु नै पर्ने हो भने मलाई विपिन जी संग काम गर्न मन छ ।

अन्त्यमा केही भन्न मन लागेको मैले नसोधेको कुरा ?
अन्त्यमा म मलाई चिन्ने, माया गर्ने र सम्मान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । साथै अगामी दिनमा समेत यसरी नै मया गरि दिनुहोला भन्ने आग्रह गर्न चाहन्छु । साथै आफ्नो देशको कलाकारलाई सम्मन गर्न, नेपाली फिल्म क्षेत्रलाई माया गर्न सबै संग आग्रह गर्न चाहन्छु । मलाई यसै क्षेत्रमा काम गर्न मन छ र म राम्रो अवसरको खोजी गरि रहेको छु । साथै अन्त्यमा मेरो आफ्नो कुरा राख्न मौका दिनु भएकोमा हिपमत मिडिया हाउस परिवार र प्रकाश प्रेमी जी धेरे धेरै धन्यवाद दिन चाहन्छु ।

तस्बिरहरु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया