शनिबार, भाद्र २०, २०७७ || 760  पटक पढिएको

रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरूले बताएका छन् ।
बीबीसीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गरिएको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो । उनीहरूलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो । सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए र उनीहरूलाई खोप दिइएको ४२ दिनपछि परीक्षण गर्दा सबैकाे तीन हप्ता भित्रैमा रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो । अध्ययनका क्रममा सबैमा टाउको दुख्ने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट भने पाइएको थियो र अन्य कुनै गम्भीर साइडइफेक्ट थिएन ।

याे पनि पढ्नुहाेस्
चीनमा विश्वमै पहिलो पटक तीनवटा खाेपकाे दोस्रो चरणको परीक्षण हालै दि लेनसेट नामक जर्नलमा प्रकाशित रिपाेर्टमा सो खोपले बलियो प्रतिरोधी क्षमता विकास गरेको उल्लेख गरिएको छ । सो खोपका विषयमा पर्याप्त अध्ययन नपुगेको र यसलाई अझै धेरै मानिसमा परीक्षण गरिनुपर्ने बेलायतको इम्पेरियल कलेजका एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक पिटर ओपेन्सोले बताउनुभएको छ । सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराउनुभएको समाचारमा जनाइएको छ । सो खोप मुख्य रुपमा निशर्त सुरक्षित हुनुका साथै भविष्यमा प्रभावकारी हुनुपर्नेछ । रुसले सो खोपको ठूलो सङ्ख्यामा यही सेप्टेम्बरमा उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।सो खोपबारे अमेरिकी ब्राउन युनिभरसिटीको जनस्वास्थ्य विभागका डिन आषिस झाले सो खोप सुरक्षित छ र त्यसले काम गर्छ गर्दैन भन्ने आफूहरूलाई ज्ञान नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!