शनिबार, भाद्र २०, २०७७ || 850  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ । उनको नाम सम्भवत सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिश गर्नेछ ।

गौतम सरकारको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित हुने राष्ट्रियसभा सदस्य बन्दैछन् । मन्त्रिपरिषद्बाट नाम पारित गर्न सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसका लागि गौतमको नागरिकता बालुवाटारले मागिसकेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट गौतमलाई नागरिकताको प्रतिलिपि पठाउन भनिएको थियो । सम्पूर्ण विवरणसहित गौतमको नाम अब बस्ने मन्त्रिपरिषद्मा प्रस्ताव भई राष्ट्रपतिसमक्ष जानेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!