हिपमत डटकम
बिराटनगर,पौष २९: रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया पुगेका पाँचथरका एक युवकले आत्महत्या गरेका छन् ।
२१ महिनाअघि कोरिया पुगेका पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिनुभयो ।
कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए ।
बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेका थिए ।
राईको आत्महत्याको कारण नखुलेको सोलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!