रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा स्थानीयले प्रहरीमाथि ढुंगा हानेका थिए । विवाद बढेपछि पुल्चोक क्षेत्र तनावग्रस्त भएको छ । स्थानीयले जिल्ला प्रशासनलाई पटक—पटक रथ तान्नका लागि आग्रह गर्दै आए पनि विश्वभर महामारी फैलिएको कोरोना भाइरसका कारण प्रशासनले रोक्दै आइरहेको थियो ।

स्थानीयले आज प्रशासनले लामो समयदेखि रोकिराखेको रातो मच्छिन्द्र नाथको रथ आज तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयवासीबीच दोहोरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा हानेको छ भने स्थानीयले दुई जना ट्राफिकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!