रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिइएको पुष्टि भएको छ । हाल जर्मनीमा उपचाररत उनलाई विष दिइएको जर्मनीको सरकारले पुष्टि गरेको हो ।

नाभाल्नीलाई नोभिचोक ग्रुपको विषय दिइएको जर्मन सरकारले जनाएको छ । सैनिक प्रयोगशालामा परीक्षण गर्दा यस्तो तथ्य पत्ता लागेको भनिएको छ । यो विषले स्नायुमा असर गर्छ । स्नायुबाट मांशपेशीमा सञ्चार हुनुपर्ने सन्देश रोकिन्छ र शरीरका धेरै भागहरु काम नलाग्ने बनाइदिन्छ ।

नाभाल्नीलाई रुसको साइबेरिया क्षेत्रबाट एयरलिफ्ट गरी जर्मनीको बर्लिन लगिएको थियो । उनको पेटमा समस्या भएपछि साइबेरियाबाट मस्कोतर्फ उडेको विमान आकस्मिक अवतरण गरिएको थियो ।

नाभाल्नीका समर्थकहरुले उनीमाथि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा विष दिएको आरोप लगाएका छन् । यसअघि सन् २०१८ मा पूर्व रुसी जासुस र उनकी छोरीलाई नोभिचोक एजेन्ट दिइएको आरोप छ ।-Photo Source: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया