बुधबार, भाद्र १७, २०७७ || 769  पटक पढिएको

करोडपति वृद्धसँग कतिपय युवतीले विवाह गरेको घटना सुनिदै आइएको छ । एक युवतीले वृद्धसँग विवाह गर्दा आफै आश्चर्यमा पर्ने अवस्था बनेको छ । युवतीले ६८ वर्षका बृद्धसँग विवाह गरेको ३ महिनापछि आफ्नै हजुरबुवा भएको थाहा पाएकी छिन् । त्यसै पनि विवाहमा उमेरको बेमेल र ३ महिना पछि आएर श्रीमान आफ्नै हजुरबुबा भएको थाहा हुनु कस्तो संयोग । युवती अप्ठ्यारोमा परेकी छिन् । यो घटना अमेरिकाको हो ।

युवती केही महिना यता ६८ वर्षका बृद्धसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । यी दुईजनाको अनलाइन डेटिङबाट चिनजान भएको थियो । लिभिङ टुगेदरमा बस्दै आएपछि विवाह गर्ने योजना अनुसार उनीहरुले विवाह गरे । विवाह भएको ३ महिना पछि पतिले आफ्नो पारिवारिक फोटोका एल्बम देखाए । एल्बम हेर्दै जाँदा उनीहरुले टेकेको जमिन खसेजस्तै भयो ।

एल्बममा उनकी पहिलो पत्नीबाट जन्मेका बच्चाहरुको तस्वीर पनि थिए, जसलाई धेरै समयदेखि भेटेका थिएनन् । एल्वम हेर्ने क्रममा पतिसँग सँगै बसेका एक व्यक्तिमा उनको नजर गयो र सोधिन यो को हो ? उनले भने यो मेरो जेठो छोरो हो । उनको जेठो छोरा ती युवतीको आफ्नै पिता थिए । उनलाई विश्वासै गर्न गाह्रो भयो । जुन अहिले स्विकारेको पति हजुरबुवा र उनका छोरा आफ्नै बुवा थिए ।

वास्तवमा वृद्धले आफ्नो घर छाडेर केहि समय अघि हिडेका थिए । त्यस्तै युवतीले पनि आफ्नो परिवारसँगको नाता तोडेर घर छाडेकी थिइन् । घर छाडेर हिडेपछि अर्को विवाह गरेका बृद्धको वैवाहिक सम्बन्ध धेरै समय टिकेन । दुवैजनाले एक अर्काको कहानी सुनेर विवाह गर्ने निर्णयमा पुगेका थिए ।

यी बृद्धलाई केहि समय अघिमात्र चिठ्ठा परेको थियो, चिठ्ठा परेपछि एकाएक धनी हुन पुगेका कारण युवतीले उनलाई नछाडेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!