पछिल्लो समय टिकटकमा झुमिने नेपालीहरुको कमि छैन । युवायुवती होस् या वृद्धवृद्धा टिकटकमा रमाइरहेका हुन्छन् । टिकटकमा आउनेको कुनै तह र वर्ग छैन । जसले पनि टिकटक चलाएकै हुन्छन् । टिकटकले कसैको जीवनमा राम्रो प्रभाव पारेको छ भने कोही भाइरल हुनको लागि टिकटक चलाउने गर्छन् । यस्तै अहिले बजारमा टिकटकको एउटा भिडियो भाइरल बनेको छ । हस्त चौलागाईं अकाउन्टबाट अपलोड गरिएको भिडियोमा सरकारी गाडीको दुरुपयोग भएको छ । भिडियोमा कर्णाली प्रदेश ०२– ००१ झ ००९१ नम्बरको गाडी स्टार्ट गरेर पहाडको कच्ची बाटोमा छोडिएको छ । उक्त गाडीका चालक हुन् सुर्खेतका उमेश राज धिताल । यद्यपी यो गाडी कसले प्रयोग गर्दै आइरहेका थिए खुल्न सकेको छैन । गाडीको स्ट्यरिङमा मान्छे नबसी गाडीलाई छोडिएको भिडियो अपलोड भएपछि सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै कारबाही गर्नुपर्ने माग उठेको छ । ‘भिडियो बनाउनकै लागि गाडी त्यत्तिकै छाड्दा भीरबाट खस्यो भने के हुन्छ ?’ टिकटक प्रयोगकर्ता निरु देउवा प्रश्न गर्छिन्, ‘यस्तो कुरामा मजाक गरेको राम्रो नहोला कि ।’ दुर्घटनाको जोखिम मात्रै नभएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै उक्त व्यक्तिलाई कारबाही हुनुनपर्ने टिकटक प्रयोगकर्ता अकुंश कुँवरको माग छ । हस्त चौलागाईंको अकाउन्टबाट तीन घण्टाअघि भिडियो अपलोड भएको हो । तीन घण्टाको अवधीमा उनलाई गाली गर्ने र कारबाही हुनुपर्ने भन्दै अधिकाशंले कमेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!