सोमबार, पौष २८, २०७६ || 976  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, २८ पौष:मोरङको पथरी शनिश्चरेका शिक्षासेवीहरुले आज वडा नम्वर ३ को सामाजिक आधारभूत विद्यालय र त्यहाँका विद्यार्थीका लागि सामग्री हस्तान्तरण गरेका छन् ।

‘अभियन्ताहरुको अभियान, शिक्षादान सर्वदान’ नारा सहित प्रदीपकुमार राईको अगुवाईको समूहले विद्यालयका लागि १० थान सिलिङ पंखा, ३२ इन्चको एउटा एलइडी टेलिभिजन प्रदान गरेको छ । साथै त्यहाँका सम्पूर्ण १ सय ४८ जना विद्यार्थीलाई स्वेटर र ट्राउजर समेत प्रदान गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले सामग्री वितरण गर्दै यसखाले शिक्षासेवीको अभियानले समस्यामा रहेका विद्यालय र विद्यार्थीलाई टेवा पुगेर शैक्षिक गुणस्तर उक्सिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा, विद्यालयले सहयोगीहरु तथा लायन्स, जेसीजका अधिकारीहरुलाई समेत प्रशंसापत्रले प्रशंसित समेत गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद तुम्वापो, प्रधानाध्यापक शंकरकुमार धिमाल सहितले विद्यालयकोतर्फबाट प्रशंसापत्र प्रदान गर्नुभयो ।

सो अभियानमा प्रदीपका साथै अशोक हुक्पा चोङ्वाङ लिम्बू, गणेश थक्लुङ लिम्बू, इन्द्रमाया लिम्बू, सहारा लिम्बू, पर्शु गुरुङ, सञ्जीव सुब्बा सहितले रकम संकलन गरी ती सामग्री हस्तान्तरण गर्ने कार्यक्रम बनाउनु भएको हो । सो समूहले अन्य विद्यालयमा पनि यस्तैखाले कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!