बुधबार, भाद्र १७, २०७७ || 535  पटक पढिएको

नेपालको वैदेशिक व्यापारमा दुई तिहाइ परिमाणमात्र होइन, ९० प्रतिशत पारवहन अहिले पनि भारतमा निर्भर छ ।

समग्र वैदेशिक व्यापारमा भारतीय बन्दरगाह, रेल र स्थलमार्गदेखि ढुवानीका साधन प्रयोग हुन्छन् । दक्षिण छिमेकतर्फको भौगोलिक सहजता पारवहनमा भारतमाथि अति आश्रित हुनुको कारण पनि हो ।

भारतले समुद्री मार्गसम्मको पहुँच दिनुलाई नेपालप्रतिको सदाशयताका रूपमा बुझ्ने र बुझाउने गरिएको छ । तर, नेपाललाई दिएको यो सुविधा भारतका लागि व्यापारको ठूलो अवसर हो भन्ने तथ्यमा भने कमैमात्र चर्चा हुने गरेको छ ।

भूपरिवेष्टित मुलुकका रूपमा नेपालले पाएको समुद्री मार्गसम्म पहुँचको अधिकार भारतका लागि व्यापारको गतिलै आधार बनेको छ । यसबाट त्यहाँको सरकारी र निजीक्षेत्रले वर्षेनि अर्बौं रुपैयाँ आम्दानी गरिरहेको छ ।

नेपालका विभिन्न नाकाबाट दैनिक कम्तीमा १ हजार ५ सय ट्रक भित्रिन्छन् । भारतका विभिन्न स्थानबाट मालसामान बोकेर आउने यस्ता एउटा ट्रकले औसतमा रू। १ लाख ६० हजार भाडा लिने नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोक टेमानी बताउँछन् ।

वर्षमा ४ लाख ५० हजार ट्रक मालसामान भित्रिँदा नेपाली व्यवसायीले ढुवानीको भाडामात्रै रू। ७० अर्ब तिर्नुपर्छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी ९एनटीडब्ल्यूसी० का अनुसार सन् २०१९र२० मा भारतीय समुद्री बन्दरगाह भएर नेपालका लागि १ लाख ८ हजार कन्टेनर भित्रिएका छन् । यी कन्टेनर नेपालसम्म ल्याउँदा भारतीय बन्दरगाहदेखि रेल र स्थलमार्गका ढुवानी साधनले उल्लेख्य व्यापार गरेका छन् ।

भारतको कोलकाता र विशखापत्तनम् बन्दरगाहबाट रेलमार्फत एउटा कन्टेनर नेपालसम्म पुर्‍याउन औसतमा रू। १ लाख ५० हजार रुपैयाँ खर्च हुने टेमानी बताउँछन् । यो वर्ष सडकमार्गबाट ४८ हजार कन्टेनर ढुवानी भएको एनटीडब्ल्यूसीले बताएको छ । ६० हजार कन्टेनर रेलबाट ल्याउँदा ९ अर्ब रुपैयाँ खर्च भएको अनुमान छ ।

अन्य दृश्य अदृश्य खर्च समेट्दा आयातकर्ताले भारतीय बन्दरगाहबाट सामान भित्र्याउन गर्नुपर्ने खर्चको आकार वार्षिक १ खर्ब रुपैयाँ हुने अध्यक्ष टेमानीको दाबी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!