बुधबार, भाद्र १७, २०७७ || 1872  पटक पढिएको

बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

हिन्दु धर्मवालम्वीहरुका लागि गीताको विशेष महत्व रहन्छ । उनीहरु गीताको पाठ गर्ने मात्र नभइ श्रद्धा भक्तका साथ पूजा आरधाना पनि गर्ने गर्दछन् । यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।

शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै ।
यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ ।
यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ ।
मानिस आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।

केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो ।
नरकका तीन द्वार छन् – क्रोध, वासना र लोभ ।
तपाईंलाई कर्मको फलको कुनै इच्छा नै छैन भने कर्मले कुनैपनि हालतमा बाध्न सक्दैन ।
जसले आफ्नो काममा आनन्द मान्द छ, तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!