मंगलबार, भाद्र १६, २०७७ || 569  पटक पढिएको

भारतीय सैनिकहरुले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा फरक–फरक स्थान हुँदै सीमा पार गरेको भारतस्थित चिनियाँ दूतावासले जनाएको छ । चीनले औपचारिक रुपबाटै सीमानाका सैनिकहरुलाई नियन्त्रण गर्न भारतसँग आग्रह गरेको चिनियाँ दूतावासलेट्वीटरमा लेखेको छ ।

त्यस्तै, दूतावासका प्रवक्ता जी रोंगले भारत–चीनबीचको सीमा सहमतिलाई ३१ अगस्टमा भारतीय सैनिकहरुले उल्लंघन गरेको दाबी गरेका छन् ।
भारतले पंन्गोंग त्सोको दक्षिण किनार र पश्चिमी सेक्टरस्थित रेकिन पास नजिक सिमा उल्लंघन गरेको उनको दाबी छ । चीनले भारतसँग सीमावर्ती सैनिकहरुलाई नियन्त्रण राख्न, विगतका प्रतिवद्धताहरुको सम्मान गर्न, अवैध रुपले सिमा पार गर्ने सैनिकहरुलाई फिर्ता बोलाउन र तनाव बढ्ने खालका सबै काम कारबाही रोक्न पनि आग्रह गरेको छ ।

यता, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले शीर्ष अधिकारीहरुसँग भारत–चीन सीमा स्थितीबारे समिक्षा गरेका छन् । यसअघि चिनियाँ सैनिकले पूर्वी लद्दाखमा सहमति उल्लंघन गरेको आरोप सोमबार भारतले लगाएको थियो । सोमबार पिआईबीका तर्फबाट जारी भारतीय सेनाको विज्ञप्तिमा भनिएको थियो, ‘भारतीय सैनिकले पन्गोङ्ग त्सो लेकमा चिनियाँ सैनिकको कदम रोकेको छ । भारतीय सेना संवादमार्फत शान्ति बहाल गर्ने पक्षधर हो । तर यसका साथै आफ्नो इलाकाको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ ।’

भारत र चीनबीचको ३५ सय किलोमिटर लामो सीमारेखा छ । दुुई पक्षबीच सीमामा पटक – पटक विवाद देखिने गरेको छ । पछिल्लो पटक लद्दाखको गलवान घाटीमा १५ जुनमा दुुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए । त्यसयता, दुुई पक्षबीच पटक–पटक वार्ता भएपनि तनाव साम्य भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!