नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको आन्तरिक विवाद हल भएको स्पष्ट पारेका छन् । उनले महाधिवेशनमा जानेगरि तत्कालका समस्या हल गरौं भनेर कार्यदलले प्रस्ताव गरेको पनि खुलासा गरेका छन् । उनले अब आफूहरु महाधिवेशनतर्फ केन्द्रित भएको पनि स्पष्ट पारे । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार ऋषि धमलाले आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको कार्यक्रम नेपाली बहसका लागि गरेको कुराकानीको सम्पादित अंश ः

तपाईको पार्टीको आन्तरिक विवाद समाधान भयो कि भएन?

करिब करिब महाधिवेशनमाजाने गरी तत्कालका समस्याहरू हल गरौँभनेर कार्यदलले प्रस्ताव प्रस्तुत गरेको छ । त्यो प्रस्ताव सचिवालयले पारित गसिकेपछि अहिलेको निम्ति पार्टीमा परेको संकट टरेर करिब करिब हामीमहाधिवेशनतिर जाँदैछौँ ।

महाधिवेशनतिर जान सबै पक्ष तयार भयो ?

अर्को कुनै पनिविकल्प छैन । कि हामी फुट्नुपर्छ कि हामीले एकले अर्कालाई अस्वीकार गरेर विघटनतिर जानुपर्छ कि पार्टीको एकतालाई जोगाउँदै, पार्टीमा विभिन्न पक्षको भूमिकालाई सम्मान गर्दै, दुबै अध्यक्षहरूको भूमिकालाई सम्मान गर्दै र पार्टीभित्रका विचार र कार्यक्रमहरूलाई सुनिश्चित गर्नका लागि महाधिवेशनमा जानुको अर्को विकल्प छैन । त्यसकारण तत्काल यो गोरेटो हुँदै महाधिवेशनमा जाऔँ भन्ने सहमति भएको छ, त्यसमा कसैको पनिविरोध छैन ।

त्यसो भए वामदेव गौतमलाई राष्टिय सभामालिएर जानुपर्छ कि पर्दैन ?तपाईहरूले सहमति गर्नुभयो नि सचिवालयको बैठकमा । त्यो कार्यान्वयन हुन्छ ?

वामदेव गौतम प्रतिनिधि सभामा आउन योग्यव्यक्ति हुनुहुन्छ । संयोगवश उहाँले निर्वाचन क्षेत्रमा विजयी प्राप्त गर्न सक्नुभएन । फेरि पनि एकजना नेताविशेषको हारजितका कारणले त्यसको योग्यताको मापनहुँदैन । त्यसलाई उहाँलाई पार्टीले निर्णय गरिसकेको त छैन, निर्णय गर्ने हो भने उहाँलाई त्यो हैसियतको जिम्मेवारी दिन मिल्छ ।

तर प्रधानमन्त्री के.पी. शर्मा ओलीतयार हुनुहुन्न अरे ?

सन्तुलित रूपमा प्रधानमन्त्रीले पार्टी भित्रकाआन्तरिक समस्याहरू राख्नुभएको छ । उहाँको संकेत र मनोविज्ञान थाहा पाउन सकिन्छ । वामदेवजीलगायत पार्टीका सिनियर साथीहरूले निर्वाचनमा गईसकेपछि निर्वाचनमा जनताले दिएको जनमत, जनताको अभिमतलाई अर्को निर्वाचनसम्म कदर गर्नुपर्छ । कदर गर्न सकिएन भने निर्वाचनको मूल्य समाप्त हुन्छ । लोकतन्त्रको कही न कही हामीले सम्बोधन गर्न सक्दैनौँ । त्यसले जनतामा अराजकता, अस्थिरताको एउटा संकेतमात्र दिनसक्छ । त्यो कुरा सैद्धान्तिक रूपमा फेरि पनि म यहाँगर्न चाहन्छु । पार्टीले निर्णय गरेमा वामदेव जस्तो पार्टीको एकताको लागि भूमिका खेलेको इतिहास भएको व्यक्तित्वलाई राष्ट्रिय सभाको सदस्य बनाउनको लागि पार्टीमा छलफल हुनु नराम्रो कुरा होइन । उहाँको चाहनालाई पार्टीले कदर गर्नुपर्छ ।

सहमति भएन भने विवादहरू फेरि बल्झिन्छन ?

मलाई त्यस्तो लाग्दैन । उहाँले पार्टीको लागि निकै दौडधुप गरेर ठुलो भूमिका निर्वाह गर्नुभयो । उहाँहरूले फेरि पार्टीमा अप्ठ्यारो पार्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

वामदेव गौतमले भनिसक्नुभयो, म जान चाहन्छु, राष्ट्रिय सभामा ?

प्रश्न उहाँले चाहना प्रकट गर्नुभयो, राम्रो भयो । सबैले चाहना गरेका छन् भने उहाँले पनि सदस्य हुने इच्छा राख्नु, कही न कही राज्यको भूमिकामा आफु जोडिन पाए हुन्थ्यो भन्ने विचार र चाहना राख्नु स्वभाविक हो तर परिस्थितिले कत्तिको साथ दिन्छ, पार्टीमा निर्णय के हुन्छ, प्रधानमन्त्रीलगायत दलका नेताहरूले कसरी लिनुहुन्छ, त्यसमा भर पर्छ ।

अब त्यसमा सहमतिहरू नहुने संकेत ?

संकेतको रूपमा हामीले बुझेका छौँ होला । धेरै पटक मेरो प्रधानमन्त्रीज्युसँग करा भएको छ, कुरा हुँदा पहिलो महाधिवेशन सहमतिको महाधिवेशन, नेतृत्व पनि सहमतिमा नै र हामी विचार र बहसमा राजनीतिक समस्या टुंग्याउँछौँ भन्ने कुरा उहाँहरूले राख्नुभएको छ । हामीले पार्टीलाई जोगाउनका निम्ति, पहिलो महाधिवेशनको रूपमा यसलाई सफल बनाउनको निम्ति, कही न कही सहमतिको विन्दु खोजिनुपर्छ । त्यो भनेको नेतृत्वदेखि विचारको आधारमा हामीले सहमतिको विन्दु भेटाऔँ भनेका छौँ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!