हिपमत डटकम
काठमाडौं,२८ पौष: काठमाडौं स् नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा आफ्नो तिन महिने पर्यटन भ्रमण सकेर अमेरिका बाट स्वदेश फर्केकी छिन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ बर्षे कार्यकालको लागि पर्यटन सद्भावनादूत नियूक्त संगै भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले उनि पर्यटन प्रबर्धन तथा प्रचार प्रसारको लागि अमेरिका गएकी थिइन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गरेकी थिइन् । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाएको बेला उनले अमेरिकामा रहेर नेपालका कला संस्कृति, भेष भुषा, सम्पदा, प्राकृतिक बिबिधताको बारेमा अधिक रुपमा जानकारी गराएकी थिइन् ।

उक्त भ्रमणको अबसरमा पर्यटन सद्भावना दुत छिरीङ डोल्मा शेर्पालाइ अमेरिकामा रहेका विभिन्न संघ सस्थाहरुले उनको कार्यको उच्च मुल्यांकन गर्दै दर्जनौ सम्मान प्रदान गरेको थियो । उनले भ्रमणको शिलशिलामा अमेरिकाका उच्च पदस्थ व्यक्तित्वहरुलाई समेत भ्रमण बर्ष २०२० को बारेमा जानकारी गराएकी थिइन् । नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् । आगामी दिनहरुमा पर्यटन प्रबर्धन संगै समाजसेवामा सक्रिय रहेर सुखी नेपाली सम्बृद नेपालको नारालाई आत्मासाथ गर्दै मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने कार्यमा आफु लाग्ने प्रतिबद्दता समेत उनले जाहेर गरेकी छिन ।

छिरीङ डोल्मा फाउन्डेसनकि अध्यक्ष समेत रहेकी शेर्पाले हिमाल आरोहणदेखि पदयात्रामा जाँदा दुर्घटनामा परि असामहिक निधन भएका गरिब परिवारहरु शिक्षा बाट बन्चित नहुन भनेर एउटा कोष खडा गरि कम्तिमा बर्षमा २ जनालाई निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएकी उनले सम्पूर्ण देश बिदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोगदेखि भौतिक सहयोगसम्मको लागि आव्हान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!