घर एक यस्तो स्थल हो जहाँ हरेक आनन्द महशुस गर्न सकिन्छ ।तर कहिलेकाहि यही घर समस्याको जड बनिदिन्छ । अर्थात वास्तुको दोष रहदाँ घरका कारणले जीवनमा नै अनेकन समस्या उत्पन्न हुन्छ ।कतिपय मानिस वास्तुलाई वेवास्ता गर्दै घर बनाउछन् । जीवनभर यहि कारण बिभिन्न समस्याहरु भोग्नु पर्दछ । वास्तु अनुसार घर नभएमा निम्न समस्याहरु देखापर्ने वास्तुशास्त्रमा उल्लेख छ ।

– वास्तुका अनुसार सही तरीकाबाट घर बनेको छैन भने घरका मुख्य ब्यक्ति ऋणमा डुब्ने सम्भावना प्रवल रहन्छ ।– घरमा वास्तुदोष रहँदा परिवारका सदस्य, विशेषतः पिता–पुत्र र पति–पत्नीबीच विवाद भइरहन्छ ।– वास्तु अनुसार घर नभएमा समृद्धि नाश भएर जाने र दरिद्रता बढ्ने गर्दछ ।– वास्तु सहि नभएमा अभाव र समस्या आउँदा मानिसको मनमा मृत्युबारे कुविचार आउने गर्दछ ।– वास्तुदोषका कारण कुनै पनि रोग समेत हतपत निको हुदैन ।– वास्तुदोषका कारणले जति नै आम्दानी भए पनि घरमा धन टिक्दैन ।– वास्तु अनुकुल घर नभएमा घरमा चोरी, आगजनी तथा दुर्घटना हुने सम्भावना रहन्छ ।– वास्तुको अभावमा ब्यक्तिको मान, प्रतिष्ठामा लगातार गिरावट आउने गर्दछ ।

यस्तोमा घरलाई वास्तुदोषरहित बनाउनु पर्दछ । यसका लागी निम्न उपाय गर्न सकिन्छ ।– शयन कक्षमा पूजा घर बनाउनु हुदैन वा पुजा गर्नु हुदैन । यदि सम्भव नभएमा पुजा स्थललाई रात्रिमा छोपेर राख्नु पर्दछ ।– घरको मुख्यद्धार दक्षिण हुनुहुदैन । यदि मुख्यद्वार दक्षिण हुने भएमा त्यहा सीसा वा हनुमानको फोटो लगाउनु पर्दछ ।– यदि कुनै दिशाबाट वास्तुदोष वा नकारात्मक ऊर्जा आएको महशुस भएमा त्यसमार्गमा कपुरको दुई टुक्रा राख्नु पर्दछ । सकारात्मक ऊर्जा बनाइ राख्न कपुर बदलिरहनु पर्दछ ।

– वास्तुदोष निवारण गर्न घरको ईशान कोणमा तुलसीको विरुवा रोप्नु पर्दछ ।– घरमा कबाडी सामान राख्नु हुदैन । विशेष रूपमा टुक्रिएको सिसा राख्नै हुदैन ।– यदि घरको पर्खालमा चिरा परेको छ भने तुरुनत मर्मत गर्नु पर्दछ ।– यदि घरमा धारा/पानि चुहिने समस्या छ भने त्यसलाई पहिलो प्राथमिकतामा मर्मत गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!