सोमबार, भाद्र १५, २०७७ || 814  पटक पढिएको

वर्षायाम लागेसँगै वनपाखा, खोला र चौरमा च्याउ प्रशस्त उम्रिन्छन् । तीमध्ये कतिपयमा पौष्टिक तत्त्व प्रशस्त पाइन्छ । तर, सबै च्याउ खानयोग्य हुँदैनन्, कतिपय निकै विषालु हुन्छन् । विषालु च्याउ खाएर बर्सेनि धेरै मानिसको ज्यान जान्छ ।– नेपालको पहाडी, तराई र दुर्गम क्षेत्रमा विषालु च्याउ खाएर मानिसको मृत्यु हुने गर्छ ।

– नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन् । तीमध्ये करिब एक सय १० प्रजातिका मात्र खानयोग्य छन् । हेर्दा सबै च्याउ एकै प्रकारको देखिनाले खानयोग्य र विषालु छुट्याउन गाह्रो हुन्छ ।– खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ । छाता खस्रो भएको च्याउ विषालु हुन्छ । यस्तै, नमिठो गन्ध, धेरै झुस, थरीथरीका रङ र तितो स्वाद भएका च्याउ विषालु हुन्छन् ।– छुँदा रङ परिवर्तन हुने र भाँच्दा चोप निस्कने च्याउ पनि विषालु हुन्छन् ।

– किरा नलाग्ने भएकाले विषालु च्याउ लामो समय रहिरहन्छन्, खानयोग्य च्याउ छिटै कुहिन्छन् । विषालु च्याउ हेर्दा सफा र आकर्षक देखिन्छन् ।– भण्डारण गर्ने तरिकाबाट खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छन् ।– च्याउको प्रकृति, उम्रेको स्थान र भण्डारण गर्ने तरिकाअनुसार त्यसले शरीरमा गर्ने असर पनि भिन्न हुन्छन् । कतिपय च्याउ खानासाथ मृत्यु हुन्छ । कतिपय च्याउ खाएपछि बिस्तारै स्वास्थ्य समस्या देखिन्छन् ।

– विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिन्छन् । केही बेर सन्चो भएजस्तो पनि हुन्छ ।– च्याउको विषले सीधा कलेजोमा असर पार्छ । त्यसपछि पित्तमा पुगेर नयाँ तत्त्वको निर्माण गर्छ, जसले मिर्गौलाको काम गर्ने क्षमता घटाउँछ । अनि कलेजो र मिर्गौला फेल भएर मानिसको मृत्यु हुन्छ ।– उमेर समूहअनुसार विषालु च्याउका असर पनि फरक हुन्छन् । बालबालिका र ज्येष्ठ नागरिकमा विषको असर छिटो पर्छ ।

– त्यसैले खानयोग्य हो या विषालु भन्ने यकिन नगरी जंगली च्याउ घरमा नल्याऔँ । धेरै प्रजातिका च्याउ मिसाएर पनि नपकाऔँ ।– च्याउको विष लागिसकेपछि बान्ता गराउने र पखाला लगाउने विधिबाट उपचार गर्न सकिन्छ ।– विषको असर देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा पुर्‍याइहालौँ । तत्काल उपचार सुरु भएमा विषले गर्ने हानिबाट बिरामीलाई बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!