भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ । आकाशवाणीमा प्रत्येक आइतबार प्रशारण भइरहेको यो कार्यक्रमलाई दूरदर्शनबाहेक थुप्रै नीजि च्यानलले पनि प्रत्यक्ष प्रसारण गर्छ । यसका साथै पिआइबी, बिजेपी र मोदीको युट्युब च्यानलमा पनि उक्त कार्यक्रम हेर्न सकिन्छ । तर यो आइतबारको मनकी बातको विषयमा यी युट्युब च्यानलमा प्रयोगकर्ताले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बढी दिएका छन् । यी तीनै स्थानमा मनकी बातको भिडियोमा लाइक्सको तुलनामा डिस्लाइक बढी छ । यो कुरालाई असामान्य मानिँदै छ किनभने यसअघि उक्त कार्यक्रमको विषयमा दर्शकको दृष्टिकोण खासै नकारात्मक थिएन । यस्तोमा यसको कारण के हुनसक्ला भनेर चर्चा हुन थालेको छ ।

कस्तो छ स्थिती ?

यो आइतबार मनकी बातको भिडियो इन्टरनेट प्रयोगकर्ताको प्रतिक्रिया सुरुदेखि नै सुस्त रह्यो । कार्यक्रमको प्रसारण बिहान भएको थियो तर अबेर रातीसम्म स्थितीमा सुधार हुन सकेन । खबर लेख्दासम्म भारतीय जनता पार्टीको आधिकारिक युट्युब च्यानलमा यो कार्यक्रमको लगभग पाँच लाख भ्यूज थिए । यो च्यानलमा यो भिडियोलाई १० हजार मानिसहरुले लाइक गरेका थिए जबकि १ लाख ८१ हजारले डिस्लाइक गरेका थिए । यो निकै ठूलो अन्तर हो । यसै गरी मोदीको आफ्नो युट्युब च्यानलमा पनि यसका ४ लाख ९० हजार भ्यूज थिए । यो भिडियोमा १९ हजार लाइक र ३५ हजार डिसलाइक थिए । यसै गरी पिआइबीको युट्युब च्यानलमा ९१ हजार भ्यूज थियो जबकी लाइक ३.२ हजार थियो भने डिसलाइक १० हजार थिए ।

सम्बोधनमा के भनेका थिए मोदीले ?

हरेक पटक भिन्न भिन्न विषयमा कुरा गर्ने मोदीले यसपटक ओणम पर्वको कुरा गरे र भारतीय उद्यमीले खेलौनाको व्यवसायमा सम्भावना खोज्न सुझाव दिए । मोदीले स्वदेशी खेलौनाको निर्माणमा जोड दिँदै भने, ‘ग्लोबल टोय इन्डष्टि ७ लाख करोड भारुभन्दा पनि बढी छ तर यति ठूलो कारोबारमा भारतको हिस्सा निकै कम छ ।’ यसका साथै मोदीले डेभलपर्सले भारतमा कम्प्युटर गेम्स बनाउनु पर्ने पनि बताए । उनले भने, ‘हाम्रो देशमा आइडिया र कन्सेप्ट छ । भर्चुअल गेम र खेलौनाको क्षेत्रमा पनि निकै महत्वपूर्ण भूमिका निभाउनु छ र अब सबैले लोकल खेलौनाका लागि भोकल हुनेबेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!