भारतमा डिप्रेशनका बिरामीको संख्या उच्च रहेको छ । आमधारणामा डिप्रेशनको कारण सामाजिक प्रतिष्ठा भन्ने हुन्छ । तर यो मानिस अवस्था हो र यसलाई गम्भीर रुपमा लिन आवश्यक छ । सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि भारतको फिल्म उद्योगमा डिप्रेशनको विषयमा खुलेर कुराकानी हुन सुरु भएको छ ।

कतिपय सेलिब्रेटीले आफूले डिप्रेशनका कारण आत्महत्याको प्रयास गरेको खुलासा गरेका छन् भने कसैले डिप्रेशनकै कारण मृत्युलाई अंगालिसकेका छन् ।

सुशान्त राजपूत
बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको यसै वर्ष जुन १४ मा आफ्नै निवासमा पासो लगाएर आत्महत्या गरे । उनको मृत्युको कारण क्रिनिकल डिप्रेशन भएको बताइएको छ ।

दीपिका पादुकोण
दीपिकाले आफू डिप्रेशनको शिकार भएको कुरा खुलेर बताएकी थिइन् । उनले विगत सम्झदैँ एक टेलिभिजन कार्यक्रममा आशुँ समेत झारेकी थिइन् । उनले डिप्रेशनलाई लिएर अभियान नै सुरु गरिन् ।

शाहीन भट्ट
आलिया भट्टकी बहिनी शाहीन भट्टले करिब १५ वर्ष क्रिनिकल डिप्रेशनको शिकार भएर गुजारिन् । उनले डिप्रेशनको विषयमा किताब समेत निकालिन् । उनले किताबमा आफूले डिप्रेशन भएको समयमा पटक–पटक आत्महत्याको प्रयास गरेको समेत खुलासा गरेकी छिन् ।

करण जोहर
करण जोहर पनि डिप्रेशनको शिकार भएको थिए । उनले सन् २०१६ मा एक अन्तरवार्तामा आफूले कुनै समय आफूलाई निकै कमजोर अनुभव गरेको बताएका थिए । उनले आफूले बैठक बस्दाबस्दै मुटु कमजोर भएको अनुभव हुने र बैठकको बीचबाट उठेर डाक्टरलाई भेट्न गएको समेत बताएका थिए ।

इलियाना डिक्रुज
उनी पनि करिब ३ वर्षसम्म डिप्रेशनको शिकार भएकी थिइन् । उनले प्रायः डिप्रेशनको दौरान आत्महत्या गर्ने उपाय खोजि गर्ने गरेको बताइन् । उनले आफूले पूरै खुशी हुँदादेखि पूरै डिप्रेशनमा जाँदा सम्म आफूलाई के भएको भन्ने थाहा नपाएको बताएकी थिइन् ।

नेहा कक्कड
भारतीय गायिका नेहा कक्कड केही समय अगाडि डिप्रेशनको शिकार भएको खुलासा गरेकी थिइन् । सफलताकै बीच पनि उनी आफूलाई असफल भएको महसुस गरिरहेकी थिइन् । उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘हो म डिप्रेशनमा छु । दुनियाँका सबै नकारात्मक मान्छेहरुलाई धन्यवाद । तिमीहरुले मलाई जिन्दगीको सबैभन्दा नराम्रो समयमा पुर्याउन सफल भयौ ।’

रश्मी देसाई
टेलिभिजनकी चर्चित अभिनेत्री रश्मिले आफू पनि ४ वर्षसम्म डिप्रेशनमा रहेको खुलासा गरेकी छिन् । उनले ४ वर्षसम्म डिप्रेशनमा रहँदा आत्महत्या गर्ने कोसिसमा रहेको बताएकी छिन् । उनी व्यवसायिक रुपमा आफू सफल भएको तर भित्रभित्रै दुखी भएको खुलाइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!