सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा भाइभतिजावाद र भित्रिया र बाहिरियाको बहस चर्किएको छ । यसको असर ‘नेपोकिड्स’ हरुको चलचित्रमा देखिरहेको छ ।

जान्हवी कपूरको ‘गुञ्जन सक्सेना’पछि अब आलिया भट्ट, सञ्जय दत्त, आदित्य राय कपूरको चलचित्र ‘सडक २’ ले मानिसहरुको आक्रोशको सामना गर्नुपरिरहेको छ ।

यो चलचित्र २८ अगस्तमा डिज्नी प्लस हटस्टारमा रिलिज गरिएको छ । यसलाई अहिलेसम्म १.१ रेटिङमात्र मिलेको छ । योसँगै सडक २ अहिलेसम्म सबैभन्दा खराब रेटिङ भएको चलचित्र बनेको छ ।

सडक–२ को रिलिजपछि सबै समालोचकहरुले खराब रिभ्यू दिइरहेका छन् । फिल्मलाई आईएमडीबीमा हालसम्म १३ हजार ४३८ जनाले रेटिङ दिएका छन् । जसमा धेरैले १ रेटिङ दिएका छन् । हालसम्म चलचित्रले १.१ रेटिङ मात्र प्राप्त गरेको छ ।

आईएमडीबीको रेटिङअनुसार अहिलेसम्म सबैभन्दा खराब रेटिङ अजय देवगन र तमन्ना भाटिया अभिनित हिम्मतवालाले १.७ पाएको थियो । त्यस्तै, हमशक्ल र राम गोपाल वर्माको आगले पनि १.७ रेटिङ पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!