नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको इमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो । इमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो । अब इमर्जेन्सीबाट पुनः सबै किसिमका बिरामीको उपचार थालेका छौँ,’ निर्देशन नेपालले भने ।

यता, समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि बन्द भएको नोबेलले ओपीडी पनि अहिले खुल्ला भएको छ । ओपीडीबाट पनि नोबेलले बिरामीको उपचार गरिरहेको छ ।

यसैबीच केही दिन अघि सामुहिक राजीनामा दिएका नोबेलको इमर्जेन्सी बिभागका नर्सहरु पनि काममा फर्किएका छन् । राजीनामा दिएका नर्सहरु र अस्पताल प्रशासनबीच भएको छलफलमा सहमति जुटेपछि २५ जना नर्सहरु काममा फर्किएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!