बिहिबार, भाद्र ११, २०७७ || 842  पटक पढिएको

उदयपुरमा चार सय केजी गाँजासहित २ जना लागुऔषध काराेबारीलाई पक्राउ गरी सार्वजनिक गरिएकाे छ ।  उदयपुरका सिडियाे चक्रपाणि पाण्डे, नेपाल प्रहरीका प्रमुख भीम पराजुलीकाे उपस्थितिमा सार्वजनिक गरिएको हाे । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका वडा नम्बर १का २९ वर्षका जयराम भन्ने पुषबहादुर मगर, साेहि पालिका ३ का ४३ वर्षका रामबहादुर तामाङ रहेकाे जिल्ला प्रहरी प्रमुख दाहालले बताए । बरामद गाजाकाे ताैल ८४ केजी छ भने बजार मूल्य करिब १५ लाख रूपैयाँ रहेकोे बताईन्छ । सुरक्षाकर्मीले सुराकीकाे आधारमा पक्राउ गरेको हाे । तस्करीमा संलग्न अन्य अभियुक्तहरूकाे खाेजी जारी छ । साे गाँजा सिरहाका तस्करहरूमार्फत भारतीय बजारमा बिक्री गर्न लागिएको थियो । उदयपुरगढी गापा ७ तिल्केनिका सन्तबहादुर तामाङकाे गाेठमा गाँजा भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!