बिहिबार, भाद्र ११, २०७७ || 707  पटक पढिएको

म्यानचेस्टर युनाइटेडका स्टार फुटबलर पाउल पोग्बामालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । २७ वर्षीय फ्रान्सेली स्टारमा संक्रमण देखिएको पुष्टि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले गरेका हुन् । आइशोलेसन बस्ने भएकाले उनी नेसन्स लिग फुटबलमा फ्रान्सका लागि तत्काल उपलब्ध हुने छैनन् ।

नेशल्स लिगअन्तर्गत आफ्नो सुरुवाती खेलका लागि ५ सेप्टेम्बरमा फ्रान्सले स्वीडेनको यात्रा गर्नेछ । अन्तर्राष्ट्रिय खेल गुमाएपनि प्रिमियर लिग सुरु हुँदासम्म भने पोग्बा उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रिमियर लिगअन्तर्गत नयाँ सिजनको सुरुवाती खेलमा वल्र्ड ट्राफोडमा युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्दैछ ।

सन् २०१६ मा विश्व किर्तिमानी रकममा युुभेन्टस्बाट म्यानचेस्टर युुनाइटेड आएयता पोग्बा टोलीका प्रमुख सदस्य रहदैं आएका छन् । उनले १ सय ८ खेलमा २५ गोल गरेका छन् । पोग्बाले फ्रान्सबाट ६९ अन्तर्राष्ट्रिय खेल खेल्दै १० गोल गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!