बिहिबार, भाद्र ११, २०७७ || 736  पटक पढिएको

माया र वफादारी, यी दुवै गुण जनावरले भन्दा अरु कसैले निभाउन सक्दैन । अझ साथ निभाउनलाई कुकुरले जति अरु जनावरले सक्दैनन् । आफ्नो मालिकको साथ कुकुरले कहिल्यै छाड्दैन । कुकुरलाई यो थाहा छ कि जसको नुन खाइन्छ त्यसप्रति वफादारी निभाउनु पर्छ ।

ब्राजिलमा एक यस्तो कहानी बाहिर आएको छ जुन सडकमा जिन्दगी घुमेर बिताउँदै आएका एक युवकको हो । उनको नाम सिजर हो । उनका ४ साथीहरु कुकुर थिए । घुम्दै हिड्ने युवकको ४ कुकुर बाहेक यो संसारमा कोही थिएनन् । उनको हेरविचार गर्ने कुकुर बाहेक कोही मानिस थिएनन् । उनले पनि कुकुर साथीहरुलाई निकै माया गर्थे ।

सडकमा रात दिन घुम्ने सिजरले कुनै दिन खाना नपाएमा भोकै कुकुरसँग सुत्ने गर्थे । तर जुन दिन खाना पाउथे उक्त दिन चार कुकुर र उनले बाडेर खाने गर्थे । तर एकदिन सिजरको स्वास्थ्यमा समस्या आयो । सिजर बिरामी भएको देखेर ति कुकुरहरुले मानिसहरुलाई बिरामी भएको इशारा गरे र सबै मिलेर अस्पताल भर्ना गराए ।

बेहोस भएका सिजरको उपचार भइरहेको थियो तब उनका ४ कुकुरहरु अस्पतालको क्याबिनको ढोकाका चुपचाप बसेका थिए । सबै कुकुरको आँखामा एक बेचैनी थियो सबै निराश थिए । कसैले पनि आवाज निकालेका थिएनन् ताकि सिजरलाई गाह्रो नहोस्. । अस्पतालको एक नर्स क्रिस मैमाप्रिमले आफ्नो फेसबुकमा उनीहरुको तस्वीर राखेकी थिइन् ।

भोलिपल्ट बिहान सिजरको आँखा खुलेपछि कुकुर भित्र पसेर सबैले एकटकले सिजरलाई हेरिरहे । यो भन्दा पहिला कहिल्यै पनि कुकुरहरु अस्पताल भित्र पस्न पाएका थिएनन् । तर ती ४ कुकुरले भित्र पस्न जबरजस्ती पनि गरेनन् । सिजरसहित कुकुरहरु सबै एक अर्कालाई हेरेर खुशी साटासाट गरेको देखेर अस्पताल प्रशासनले उनीहरुलाई भोज पनि खुवाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!