बुधबार, भाद्र १०, २०७७ || 1069  पटक पढिएको

नेपाल–भारत जोड्ने पूर्वी नाका काँकडभिट्टाको मेची नदीमा छ लेनको पक्की पुल निर्माण सम्पन्न भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो छ लेनको पक्की पुल निर्माण सम्झौताको चार महिना अगावै सकिएको हो । पुलसँगै डेढ किलोमिटरको एशियन हाइवेको एप्रोच सडकसमेत निर्माण गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख ई. श्यामकुमार यादवले बताए । उनका अनुसार सो पुल भारतको दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरीदेखि निर्माणको काम प्रारम्भ गरेको थियो ।

विश्व कोरोना महामारीले शुरुमा पुल निर्माणमा असर पारे पनि तत्काल भारत सरकारले ठूला र महत्वपूर्ण योजना सञ्चालन गर्ने नीति लिएसँगै सो पुल निर्माणको काम पनि अघि बढाइएको थियो । एशियाली विकास बैंक ९एडीबी० को भारतीय रु। एक अर्ब तीन करोड ७८ लाखको लागतमा निर्माण भएको पुलले अन्तर्राष्ट्रिय व्यापारमा ठूलो सहयोग पुग्ने मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए ।

एडीबीको आर्थिक सहयोगमा भारत सरकारले निर्माण गरिदिएको पुलको लम्बाई ७९० र चौडाई २४ दशमलव २ मिटरको रहेको छ । सो पुल भारतको राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगमले अनुगमन गरेपछि मात्र हस्तान्तरणसहित उद्घाटन हुने प्रमुख ई. यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!