बुधबार, भाद्र १०, २०७७ || 476  पटक पढिएको

बढ्दै गएको कोरोना महामारीको कारण अधिकांश जिल्लामा निषेधाज्ञा र लकडाउन गरिएको छ । यस्तो बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न सरकारले निर्देशन दिएको छ । अत्यावश्यक सेवा पनि सीमित कर्मचारी र जनशक्तिबाट मात्र प्रदान गर्न भनिएको छ ।

तर, महामारी बढ्दै जाँदा थप सावधानी अपनाउनुपर्ने राजधानीलगायतका मुख्य शहर बजारमा आईपीओ (साधारण सेयर) मा लगानी गर्नेहरूको भीडले बैंकहरूमा थप सङ्क्रमणको जोखिम बढेको बताइएको छ । यसको असर पुँजी बजार सञ्चालनको लागि आवश्यक बैंक तथा वित्तीय संस्था, ब्रोकरहरूको कार्यालय, मर्चेण्ट बैंकर र धितोपत्र दलाल सदस्यहरूमा समेत परेको छ ।

पुँजी बजारका अधिकांश कारोबार अनलाइनबाट गर्ने भने तापनि इन्टरनेटको पहुँच नभएका र प्रविधिमैत्री हुन नसकेका सर्वसाधारण लगानीकर्ताहरूको ठूलो संख्या अहिले पनि सेयर आवेदनको लागि आफ्नो खाता भएको बैंकमा पुग्ने क्रम बढ्दो छ । उता, सेयर कारोबारको लागि बैंक तथा वित्तीय संस्था, ब्रोकरहरूको कार्यालय, मर्चेण्ट बैंकर र धितोपत्र दलाल सदस्यहरूमा देखिएको दिनहुँको भीडले सरकारको निर्देशन र स्थानीय प्रशासनको उर्दीलाई गिज्याएको बताइन्छ।

यतिखेर बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवा प्रदान गर्ने भनेको सर्वसाधारणले सीमित परिमाणको नगद जम्मा गर्ने र झिक्ने सुविधा मात्र हो । कोरोना महामारीको बेलामा त्यसबाहेक अन्य सेवाको औचित्य नै देखिँदैन । तर पनि यो अवधिमा आईपीओ र हकप्रद शेयर निश्कासनको अनुमति दिएको धितोपत्र बोर्डको आशय बुझिनसक्नु रहेको मर्चेण्ट बैंकर र धितोपत्र दलालहरू बताउँछन् ।

यसबीचमा बोर्डले समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर जारी गर्न अनुमति दियो । त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स, समाज लघुवित्त संस्था र लिबर्टी इनर्जीको आईपीओ निश्कासनको अनुमति पनि निषेधाज्ञाकै समयमा दिइएको छ ।

लकडाउनको समयमा घरबाट अनलाइन कारोबार गरे पनि सेयर बजार निरन्तर बढेको देखिन्छ । तर, यसअघि सामान्य अवस्थामा सेयर कारोबारमा उतार चढाव आउँथ्यो । यसले दोस्रो बजारमा हुने सेयर कारोबारमा प्रयोग हुने रकमको स्रोत सम्बन्धमा बोर्डले अपनाएको सचेतनाको स्तरलाई चुनौति दिनसक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!