प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिँदै आएका तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीनजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले पुष्टि गरे।

संक्रमित हुनेमा एकजना हवल्दार र २ जना प्रहरी जवान छन्। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्दा तीनजना सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए। इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा यसअघि नै संक्रमण देखिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!