खबर ठुलो छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा गोदावरी नगरपालिका ११ बज्रबाराहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सवइन्जिनियर किशोरकुमार मोक्तानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुले निर्माणाधिन आयोजनाको बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस मागेको पाइएको छ । आयोगले उनीहरु विरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोभ र मतियार महेन्द्रप्रसाद यादव विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु चार लाख घुस मागेको आरोप लगाइएको छ । आयोगले उनीहरुलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गरेको छ ।-रासस

मंगलबार, भाद्र ०९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया