सोमबार, आश्विन १३, २०७६ || 2116  पटक पढिएको

काठमाडौं ,

सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

उक्त महिला महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको भन्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगेको खुल्न आएको छ । यद्यपि महराबिरुद्ध कसैले लिखित जाहेरी भने दिएका छैनन्।

प्रहरीको सम्पर्कमा आएकी ती महिलाले सभामुख महरासँग पहिलेदेखि नै चिनजान भएको र कहिले काही कोठामा आउने जाने गरेको समेत बताइन् ।

तर आइतबार साँझ भने सभामुख महराले आफुमाथि असामान्य व्यवहार देखाएर दुर्व्यवहार गरेको उनको आरोप छ । साँझ नै प्रहरीलाई उनले खबर गरेपछि प्रहरीले तत्कालको अवस्थाको भिडियो खिचेर लगेको ती महिलाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!